रुकुम हत्याकाण्डको न्याए खोज्दै चितवनमा चिकित्सा शिक्षाका बिद्यार्थीको प्रर्दशन

वर्तमान राजनितिक ब्यवस्थाले न्याए दिन नसक्ने तर्क

सफल खबर संवाददाता

बुधबार, १४ जेठ २०७७, २० : ४७
रुकुम हत्याकाण्डको न्याए खोज्दै चितवनमा चिकित्सा शिक्षाका बिद्यार्थीको प्रर्दशन

काठमाडौँ । चिकित्सा शिक्षा संघर्ष समितिले भरतपुरमा बिरोध सभा गरेको छ । रुकुम चौरजहारीमा भएको  घटनाको दोशीहरुलाई पक्राउ गरि कडा भन्दा कडा कारबाहीको माग गर्दै बिद्यार्थीहरुले बिरोधसभा गरेका हुन् । 

बिरोध सभाकी संयोजक बिद्यार्थी मान्यता थापाको नेतृत्वमा  भरतपुरमा जम्मा भएका चिकित्सा शिक्षाका बिद्यार्थीहरुले अहिले पनि दलित भएकै आधारमा ज्यान गुमाउनु पर्ने अवस्था सृजना हुनु निकै दुखद र खेद जनक भएको बताउदै यस्तो दानबिय कार्य गर्ने घटनाका दोशीलाई कडा कारबाहीको माग गरे । 

 शनिबार रुकुम चौरजहारीमा भएको घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । २ जना अझै बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस