क्वारेन्टाइन स्थलमा प्रहरीले जर्बजस्ती कुटपिट गरेको भन्दै आश्रितहरुले शुरु गरे भोक हड्ताल

सफल खबर संवाददाता

बुधबार, १४ जेठ २०७७, ११ : ४२
क्वारेन्टाइन स्थलमा प्रहरीले जर्बजस्ती कुटपिट गरेको भन्दै आश्रितहरुले शुरु गरे भोक हड्ताल

राजविराज । क्वारेन्टाइनमा बसेकाहरुले प्रहरीले आफुहरुलाई कुटपिट गरेको भन्दै भोक हड्ताल शुरु गरेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित उच्च माविको क्वारेन्टाइनमा बसेकाहरूले भोक हड्ताल सुरू गरेका छन ।  

प्रहरीले मंगलबार मध्यराती क्वारेन्टाइनमा प्रवेश गरी कुटपिट गरेको भन्दै क्वारेन्टाइनमा बसेकाले बिहानैदेखि भोक हड्ताल सुरू गरेका हुन् ।  क्वारेन्टाईनमा बसेकाहरुले स्थानीय परसाइन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक संजय सिंह नेतृत्वको प्रहरी टोलीले मध्यरातमा आएर कुटपिट गरेको आरोप लगाए । विद्यालयमा बनाईएको क्वारेन्टाइनमा १० जना महिलासहित ७३ जना रहेका छन् ।

मध्यराती प्रहरीले कोठाकोठामा छिरेर अभद्र व्यवाहार गर्दै कुटपिट गरेको अनु कुमारीले बताइन् । क्वारेन्टाइनमै रहेका शिव मुखियाले भने, ‘मदिरा सेवन गरेर आएका प्रहरीले बिनाकारण कुटपिट गरे ।’ क्वारेन्टाइनका इन्चार्ज सन्तोषकुमार सिंहले पनि राती प्रहरी प्रवेश गरी कुटपिट गरेको बताए ।  । 

प्रतिक्रिया दिनुहोस