एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विवादास्पद निर्णय सार्वजनिक गर्ने तथा विभिन्न आरोप लगाउने माध्यमका रुपमा प्रयोग गर्दै आएका ट्वीटरलाई तथ्य–जाँचको चुनौति सामना गर्नु पर्ने नयाँ चुनौति थपिएको छ । अब भने ट्वीटरले ट्रम्पले गर्ने ट्वीटमा सो विषयको तथ्य–जाँच पनि राख्ने भएको हो ।
]सो तथ्य–जाँचमा ट्रम्पले दाबी गरे अनुसार सम्बन्धित विषयको वास्तविकता प्रस्ततु गर्छ । ट्रम्पले ‘मेल–इन ब्यालट’ अर्थात हुलाक मार्फत हुने चुनावमा धाँधली बाहेक अरु केही नहुने भन्दै ट्वीट गरेका थिए । ट्वीटरले त्यसको तल हुलाकबाट हुने मतदान सम्बन्धी तथ्य पेश गरेको हो । जसमा हुलाकबाट हुने मतदान पारदर्शी हुने र ट्रम्पको आरोप झुट रहेको उल्लेख छ ।
ट्वीटरले तथ्य–जाँचलाई चेतावनीको संकेत दिएर राख्छ र त्यसमा क्लिक गरेपछि तथ्या जाँच हेर्न पाइने छ । ट्वीटको ठीक तल आश्चर्यवाचक चिन्ह सहित तथ्य–जाँच राखिएको हुन्छ । ट्रम्पले लगातार गलत र भ्रामक जानकारी पोस्ट गर्ने गरेकाले सामाजिक सञ्जाल ट्वीटरले सावधानीको संकेत दिन थालेको हो ।
ट्रम्पले मंगलबार बेलुका गरेको ट्वीटमा मतदान प्रक्रियाबाट भ्रामक जानकारी रहेको ट्वीटरले बताएको छ । यो महिनाको सुरुमा ट्वीटरले यस्तो चेतावनी नोटिफिकेशन सम्बन्धी नयाँ फिचरबारे जानकारी गराएको थियो । ट्रम्पले सन् २००१ मा भएको लोरी क्लाउसुटिसको निधनका बारेमा गरेको भ्रामक ट्वीट डिलिट गर्न नमानेपछि ट्वीटरले उनका ट्वीटमा तथ्य–जाँच राख्न थालेको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १४ जेठ २०७७, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होर्मुज मार्ग सुरक्षाका लागि युद्धपोत पठाउन ट्रम्पको आह्वान
हामीले इरानलाई जित्यौँ : ट्रम्प
इरानको हवाई प्रतिरक्षा प्रणाली, वायुसेना, नौसेना र नेतृत्व समाप्त भएको ट्रम्पको दाबी
इरानी हमलाबाट मारिने अमेरिकी सैनिकको संख्या बढ्न सक्ने ट्रम्पको दाबी
'पाकिस्तान–अफगानिस्तान युद्धमा अमेरिकाले हस्तक्षेप गर्न सक्छ' : ट्रम्प
विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा