काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली रही बेलुकातिर हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ। पूर्वी भू–भाग नजिकै रहेको निम्न चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रसहितमा आंशिक बदली भएको मौसमविदले बताएका छन् ।
बुधबार दिउँसो पूर्व तथा मध्य पहाडी भू–भागमा सामान्य बदली र पश्चिमी क्षेत्रमा आंशिक बदली हुने जनाइएको छ । बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहनेछ । पूर्व तथा मध्य पहाडी क्षेत्रका केही स्थानमा र पश्चिम पहाडका थोरै स्थानमा मध्याहन्नपछि मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
राति पूर्व र मध्य क्षेत्रमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । पूर्व तथा मध्य क्षेत्रका केही स्थान र पश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ जेठ २०७७, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना