Safal Khabar - थपिँदै संक्रमित स्वास्थ्यकर्मीको संख्या
बुधबार, ३१ असार २०७७ (Wednesday, 15 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
थपिँदै संक्रमित स्वास्थ्यकर्मीको संख्या
बुधबार, १४ जेठ २०७७, ०७ : १४
थपिँदै संक्रमित स्वास्थ्यकर्मीको संख्या
फाईल फोटो

काठमाडौँ । सुरक्षा सामग्रीको कमजोर व्यवस्थापनका कारण कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित हुने क्रम बढ्दै गएको छ । मुलुकभर चिकित्सक, नर्स र स्वास्थ्यकर्मी गरी १० जना संक्रमित भइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये दुई जना चिकित्सक, ६ जना नर्स र दुई जना अहेव छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट कन्ट्याक्ट ट्रेसिङमा खटिएका र नेपाली सेनाका गरी दुई चिकित्सकमा संक्रमण देखिएको हो । दुवै अहिले बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेसनमा छन् । संक्रमित नर्समध्ये एक जना उनी कार्यरत बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालकै आइसोलेसनमा छिन् ।

त्यस्तै, धनकुटाका संक्रमित दुई नर्स र दुई जना अहेव कोसी अस्पतालको आइसोलेसनमा छन् । अर्की एक संक्रमित नर्सको उनी कार्यरत वीरगन्जको नारायणी अस्पतालमै उपचार भइरहेको छ ।

Yeti Diistillery

स्वास्थ्यकर्मी आफैं संक्रमित भएका घटना कोरोना संक्रमित धेरै भएका मुलुकका लागि नौलो होइन । सक्दो सावधानी अपनाउँदा–अपनाउँदै नर्सलाई संक्रमण सरेको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले बताए । ‘नर्स संक्रमित भएपछि अन्य कर्मचारी त्रसित छन्,’ उनले भने, ‘सुरक्षा सामग्री र क्वारेन्टाइनका लागि होटलको व्यवस्था भने गरेका छौं ।’ सरकारले दिएको सुरक्षित स्वास्थ्य सामग्रीहरू (पीपीई, मास्क, पन्जालगायत) अपुग भएपछि विभिन्न संघसंस्था र व्यवसायीले दिएको सहयोगका भरमा काम चलाइरहेको उनले बताए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस