काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रतिपक्षी दल काँग्रेसले आफ्नो धारणा प्रस्तुत थरेको छ ।
सर्वदलीय बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए ।
सो बैठकमा काँग्रेसले महाकाली नदि पूर्वको भूभाग नेपालको भएको भन्दै सुगौली सन्धिमा उल्लेख भएको ऐतिहासिक तथ्य बमोजिम लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग भएको बताएको थियो ।
ती भूभागमा नेपालको हक निर्वाध ढंगले स्थापित हुनुपर्दछ भन्ने धारणा समेत राखेको थियो । यस्तै उच्चस्तरीय कुटनैतिक पहल मार्फत यो बिषयको हल गर्न भन्दै काँग्रेसले यो विषयमा काँग्रेस सरकारको साथमा रहेको पनि बताएको छ ।
संविधान संशोधन बारे पनि काँग्रेसले आफ्नो धारणा राखेको छ । ‘संविधान संशोधन जस्तो बिषयमा राष्ट्रिय सहमतिको स्थिति बनाएर जांदा त्यसले राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सकिने हाम्रो धारणा छ । नक्साको प्रस्तावलाई हामीले सकारात्मक रूपमा लिएका छौं । यस बारेमा पार्टी केन्द्रीय समितिको बैठकबाट नेपाली कांग्रेसको संस्थागत निर्णय गर्नेछौं’ बैठकमा काँग्रेसले भनेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ जेठ २०७७, २१ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठकको निर्णय
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
सभामुखको निर्वाचन २२ चैतमा
संसद् सचिवालयमा सर्वदलीय बैठक जारी
सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने