काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हुँदा ९ घरसहित २ गोठ जलेर नष्ट भएको छ ।
गाउँपालिकाको वडा नं. ७ मानपुरमा करिब दिउँसो साढे १ बजेतिर आगलागी हुँदा घरगोठ जलेको हो । स्थानीय रमेश यादवको गोठबाट आगलागी भएको थियो।
आगलागीबाट लत्ता कपडा, खाद्यान्न, भाँडाकुडा नगद र गरगहनासहित अन्दाजी २० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपाल जानकारी दिनुभएको छ ।
आगलागीबाट पशु चौपाया र मानवीय क्षति नभएको नेपालले बताउनुभयो ।
आगो किन कसरी लाग्यो भन्ने अझै खुल्न सकेको छैन । आगो स्थानीय, प्रहरी र दमकलद्धारा नियन्त्रणमा आएकोे थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ जेठ २०७७, १८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते