कोरोनाले नेपालको अर्थतन्त्रमा यसरी पार्‍यो प्रभाव

सफल खबर संवाददाता

मंगलबार, १३ जेठ २०७७, १६ : ३४
कोरोनाले नेपालको अर्थतन्त्रमा यसरी पार्‍यो प्रभाव

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमणको कारण अर्थतन्त्रमा पारेको प्रभावले चालु आर्थिक वर्षमा २ दशमालव ३ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान सरकारले गरेको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷०७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशत हुने अनुमान गरिएको बताउनुभयो । सरकारले यस वर्षको बजेटमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । तर चैत पछि कोरोना नियन्त्रणको लागि लकडाउन गरिएपछि अर्थतन्त्रमा असर परेको र यसले आर्थिक वृद्धिदरमा गम्भिर असर पारेको अर्थमन्त्री अतिवडाले बताउनुभयो । उहाँले यस अघिको तीन वर्षमा आर्थिक वृद्धिदर औषत ७ प्रतिशत भन्दा माथि रहेको समेत बताउनुभयो ।  

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन प्रचलित मूल्यमा गत वर्षको तुलनामा ७ दशमलव ५ प्रतिशतले बढेर १ लाख २६ हजार १८ रुपैयाँ अर्थात अमेरिकी डलरमा १ हजार ५ पुग्ने अनुमान पनि सरकारले गरेको छ । कुल उपभोग र कुल गार्हस्थ बचत कुल गार्हस्थ उतपादनको अनुपातमा ८१ दशमलव ९ र १ दशमलव १ प्रतिशत रहने अनुमान छ । कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि चालिएको कदमबाट सार्वजनिक एवं निजी क्षेत्रमा आएको संकुचनले कुल लगानी गत आर्थिक वर्षको तुलनामा ३ दशमलव  ४ प्रतिशतले न्युन भई १८ खर्ब ९ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७४/०७५ मा १ दशमलव ७ प्रतिशत रहेको निरपेक्ष गरिबी मुनिको जनसंख्या २०७६/०७७ मा करिब १६ दशमलव ६७ प्रतिशत रहने अनुमान 

मुद्रास्फीति, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन लगानी र वित्तीय परिसूचकहरु आर्थिक स्थायित्व अनुकुल भएका छन् । निकासिमा भएको वृद्धि र पैठारीमा भएको कमिका कारण व्यापार घाटामा सुधार भई सोधानान्तर स्थिति बचतमा रहेको छ । 

विगत केही वर्ष देखि मुद्रास्फिति १ दशकको औषत भन्दा तल रहेको छ । आर्थिक वर्ष २०७६/०७७ को फागुनमा औषत मुद्रास्फिति उपभोक्ता मुद्रास्फिति दर ६ दशमालव ५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ४ दशमलव २ प्रतिशत रहेको थियो । 

चालु आर्थिक वर्षको फागुन सम्म कुल सरकारी खर्च गत आर्थिक वर्षको सोहि अवधिको तुलानामा १२.९ प्रतिशतले वृद्धि भई ६ खर्ब १० अर्ब ६८ करोड पुगेको छ । चालु खर्च ४ खर्ब ५० अर्ब ७८ करोड, पूँजीगत खर्च ९६ अर्ब ४८ करोड र वित्तीय व्यवस्था तर्फ ६३ अर्ब ४२ करोड खर्च भएको छ । 

आर्थिक वर्ष २०७६÷०७७ को फागुन सम्ममा संघीय संचित कोष र विभाजित कोषमा जम्मा भएको राजस्व गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९ दशमलव ४ प्रतिशतले वृद्धि भई ५ खर्ब ४६ अर्ब ८९ करोड रहेको छ । कर राजश्व ४ खर्ब ९७ अर्ब ५४ करोड अन्य राजस्व ४९ अर्ब २५ करोड रहेको छ । 

फागुन सम्ममा संघीय सरकारको राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ दशमालव ६ प्रतिशतले वृद्धि भई ४ खर्ब ७९ अर्ब पुगेको छ । वैदेशिक अनुदान १६ अर्ब १९ करोड र ऋण ९३ अर्ब ९ करोड गरी कुल १ खर्ब ९ अर्ब २८ करोड सहायता आएको छ । 

२०७६ असार सम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण १० खर्ब ४७ अर्ब ९० करोड रहेकोमा ९१ अर्ब ९० करोड थप भई फागुन सम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण ११ खर्ब ३९ अर्ब ८० करोड पुगेको छ । आन्तरिक ऋण ४ खर्ब ४० अर्ब ५ करोड र बाह्य ऋण ६ खर्ब ९९ अर्ब ७५ करोड रहेको छ । 

वित्तीय कारोबारमा उल्लेख्य विस्तार भएको छ । २०७६ को असारमा ८ हजार ६ सय ८६ को संख्यामा रहेका बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७६ फागुनमा ९ हाजर ६ सय ४० पुगेको छ ।

२०७६ फागुन सम्ममा बीमामा पहुँच पुगेको जनसंख्या २२ प्रतिशत रहेको छ । वैदेशिक रोजगारीमा जने कामदार सहित बीमा प्रप्त गर्ने जनसंख्या २६ प्रतिशत पुगेको छ ।

२०७५ फागुन सम्म नेप्सेमा सुचिकृत हुने कम्पनीको संख्या २०५ रहेकोमा २०७६ फागुन सम्ममा २१२ पुगेको छ ।

२०७६ फागुन मसान्तमा धितोपत्र बजार पुँजीकरण २०७५ फागुन मसान्तको तुलनामा २४ दशमालव ७ प्रतिशतले वृद्धि भई १७ खर्ब ६० अर्ब ९३ करोड पुगेको छ ।

आर्थिक वर्ष २०७६/७७ को फागुन सम्म कुल वस्तु नर्यिात २२ दशमालव ३ प्रतिशतले बढेर ७४ अर्ब ९१ करोड पुगेको छ भने वस्तु आयात २ दशालव ६ प्रतिशतले घटेर ९ खर्ब २४ अबए २४ करोड रहेको छ । वस्तु व्यापार घाटा ४ दशालव ३ प्रतिशतले संकुचन भएको छ । 

आर्थिक वर्ष २०७५÷०७६ को फागुन सम्म ५८ अर्ब ९९ करोड घाटामा रहेको शोधानान्तर स्थिति ३७ अर्ब ८४ करोडले बचतमा रहकेो छ । चालु खातामा सुधार आई १ खर्ब २४ अर्ब ९३ करोड कायम भएको छ ।

विप्रेषण आप्रवाह १ दशमलव ८ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब ४२ करोड पुगेको छ । गत वर्ष ५ खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ थियो ।

विदेशी विनिमय संचिति २०७६ असारको १० खर्ब ३९ अर्ब बाट बढेर ११ खर्ब ३६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । १० महिनाको वस्तु आयात र ८ दशालव ८ महिनाको वस्तु तथा सेवा आयात धान्ने क्षमता छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २०७५/०७६ मा सातै प्रदेशका ६ सय ४६ स्थानीय तहमा विभिन्न कार्यक्रमहरु सञ्चालन भई १ लाख ८८ हजार व्यक्तिहश्रले औषत १२ दशमालव ४३ दिनको रोजागरी पाएका छन् ।

२०७६ साउन १ देखि लागु भएको योगदानमा आधारीत सामाजिक सुरक्षा योजनामा अहिलेसम्म ७४ जिल्लाका १२ हजार २ सय ८७ रोजगारदाता सुचिकृत भएका छन भने १ लाख ५२ हजार योगदनकर्ता दर्ता भएका छन् । कोषमा कुल ७७ करोड ८७ लाख रुपैयाँ जम्मा भएको छ ।

चालु आर्थिक वर्षमा धान बालीको क्षेत्रफल २ दशमलव २ प्रतिशतले घटेको छ भने उत्पाद पनि १ दशालव शुन्य ५ प्रतिशतले घटेको छ ।

उद्योग विभागबाट स्वीकृत वैदेशिक लगानी गत आर्थिक वर्षको तुलनामा १६५ दशमलव ४ प्रतिशतले बढेर २९ अर्ब ६७ करोड पुगेको छ भने लगानी बोर्डबाट १ खर्ब ५५ अर्ब लगानी स्वीकृत भएको छ ।

फागुन सम्ममा उद्योगमा कुल २१ खर्ब १ अर्ब ४५ करोड लगानी रहेको छ भने ६ लाख १४ हजार ८ सय २७ जनाले रोजगारी पाएका छन् ।

आर्थिक वर्ष २०७६/०७७ को फागुनसम्म मुलुकभर संघबाट निर्माण भएका रणनीतिक र स्थानीय सडक १५ हजार २ सय ५४ किलोमिटर, खण्डास्मित ९ हजार २ सय ५१ किलोमिटर र कच्ची ९ हजार ८ सय ४२ किलोमिटर गरी कुल ३४ हजार ३ सय ४७ किलोमिटर सडक पुगेको छ । प्रदेश र स्थानीय तहबाट ६१ हजार ३ सय ९५ किलोमिटर सडक बनेको छ ।

राष्ट्रिय गौरबका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ८६ प्रतिशत र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम ५६ प्रतिशत सम्पन्न भएको छ ।

जयनगर/जनकपुर–बर्दिवास ७० किलोमिटर रेलमार्ग मध्ये फागुन सम्म ५६ किलोमिटर काम सम्पन्न भएको छ ।

९० प्रतिशत जनसंख्यामा आधारभुत खानेपानी पुगेको छ ।

२०७६ फागुन सम्म भूकम्पबाट क्षति भएका निजी आवास ६३ दशमलव ३ प्रतिशत, सार्वजनिक विद्यालय ७४ दशमलव १ प्रतिशत, पुरातात्विक सम्पदा ४३ दशालव ७ प्रतिशत, स्वास्थ्य संस्था ५५ दशमलव ९ प्रतिशत, सरकारी भवन ८४ दशमलव १ प्रतिशत र सुरक्षा निकायमा भवन ५० दशमलव ७ प्रतिशत पुननिर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस