नुवाकोट । नुवाकोटमा बामपन्थी आन्दोलनका धरोहर अर्जुन भण्डारीको निधन भएको छ । लामो समयदेखि नसासम्बन्धी रोगले ग्रस्त उनको नुवाकोटको तुप्चेस्थित घरमा सोमबार राति निधन भएको उनका भतिजा नवराज भण्डारीले जानकारी दिए ।
पछिल्लो १० दिन काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका उनको स्वास्थ्यमा सुधार नहुने देखिएपछि उनकै चाहनामा एम्बुलेन्समा सोमबार नै तुप्चे लगिएको थियो । घर पुर्यालगत्तै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
नुवाकोट र रसुवामा कम्युनिस्टको प्रभाव बढ्दै जानुमा उनको योगदान अतुलनीय रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १३ जेठ २०७७, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वन्यायाधीश प्रधानको निधनमा आज शोक बिदा, इजलास सञ्चालन नहुने
वरिष्ठ कलाकार 'राते काइँला' सुनिल थापाको निधन
पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
गायक प्रशान्त तामाङको निधन
नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन
प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन