एजेन्सी । फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी मार्क जकरबर्गले आफ्ना कर्मचारीहरूलाई ‘घर बसेरै काम गर्न मिल्ने गरी’ जुलाईबाट रोजगारीका अवसरहरू खुला गर्ने बताएका छन् ।
उनले फेसबुकका आधा कर्मचारीले आगामी पाँचदेखि १० वर्षमा कार्यालय बाहिरबाटै काम गर्ने अपेक्षा गरेको बताए।
प्रविधि कम्पनीहरूले विभिन्न किसिमका कदमहरू चालिरहँदा ट्विटरसहितका कम्पनीले कर्मचारीहरूले चाहेमा सदैव घरबाट काम गर्न सक्ने बताएका थिए।
सामाजिक दूरीसम्बन्धी नयाँ नियमहरू कतिपय कम्पनीहरूले लागु गरिरहँदा यस्तो नीतिले कार्यालय आउन धक मानिरहेका व्यक्तिहरूलाई राहत दिने ठानिएको छ ।
प्रधानमन्त्री आर्डनले देशको अर्थतन्त्रलाई प्रोत्साहन गर्न एवम् काम र जीवनबीच सन्तुलन मिलाउन हप्ताको चार दिन काममा लगाउनुपर्ने धारणा राखेकी थिइन्।
उनले भनेकी छन्, “मैले धेरैजना व्यक्तिहरूले हामी पनि हप्ताको चार दिन मात्रै काम गरौँ भनेर सुझाव दिइरहेको सुनेको छु।"
"अन्ततस् यो रोजगारदाता र कर्मचारीले टुङ्गो लगाउने विषय हो। तर मैले भनेजस्तै हामीले कोभिड ( १९ का बारेमा र लचिलो भएर घरबाटै काम गर्ने विषयमा धेरै कुरा सिकिरहेका छौँ र मलाई लाग्छ त्यसबाट थप उत्पादनशील हुन सकिन्छ।”
ठूला प्रविधि कम्पनीको अग्रसरता
प्रविधिसम्बन्धी अग्रणी कम्पनी माइक्रोसफ्टले अघिल्लो वर्ष जापानमा हप्तामा चार दिन काममा लगाउने रणनीति परीक्षण गरेको थियो।
त्यसबेला कर्मचारीले दिएका सुझाव र उत्पादनका हिसाबले त्यसलाई सफल ठानिएको थियो। कार्यालयहरू बिस्तारै खुल्दै जाँदा अब ‘मिश्रित खालको रणनीति’ लागु गर्ने उसको भनाइ छ।
माइक्रोसफ्टका एक प्रवक्ताले आगामी अक्टोबरबाट अधिकांश कर्मचारीहरूलाई घरबाटै काम गर्ने विकल्प दिइने बताए। लचिलो र दीर्घकालीन रूपमा कामको व्यवस्थापनका सन्दर्भमा प्रविधि कम्पनीहरूले अग्रणी भूमिका निर्वाह गरिरहेका छन् ।
कुन कम्पनीले कस्तो परिवर्तन गरेका छन् ?
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ११ जेठ २०७७, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै