जब अध्याँरोमा जून देखियो

पत्रपत्रिकाबाट

शनिबार, १० जेठ २०७७, ०७ : ०५
जब अध्याँरोमा जून देखियो

तस्बिर : कान्तिपुर

नेपालगन्ज । रमजानको अन्तिम शुक्रबार । इदको पूर्वसन्ध्यामा नमाज पढ्न उनी घरमै आइपुगे । नेपालगन्ज–८ का ३० वर्षीय उनले खजुरास्थित कोरोना अस्पतालको आइसोलेसन कक्षमा नमाज पढेनन् । रोजा पनि बसेनन् । नेपालगन्ज–७ का ६० वर्षीय व्यक्तिसँगै उनका भान्जा मदरसामा पढ्न जान्थे ।

नेपालगन्जमा पहिलोपटक ती वृद्धमा संक्रमण पुष्टि भएको थियो । वृद्धको सम्पर्क पहिल्याउँदै जाँदा उनीसमेत भान्जा, उनकी आमा र बहिनीमा संक्रमण देखियो । आइसोलेसन सेन्टरमा तीन साता सकसपूर्ण तरिकाले बिताए । शारीरिक रूपमा ठिकै भए पनि मानसिक रूपमा ‘गलेको’ उनले बताए । ‘मनमनै डर लागिरहेको थियो,’ उनले भने, ‘आफ्नो भन्दा परिवारको चिन्ता बढी थियो ।’ घरमा बहिनी एक्लै थिइन् ।

चिकित्सकले आएर बिहीबार राति ‘अब तपाईं घर फर्कंदै हुनहुुन्छ’ भनेपछि उनी रातभरि सुत्न सकेनन् । टोलमा फर्किएपछि स्थानीयको स्वागतले झन् उत्साहित तुल्यायो । ‘कुनै युद्ध जितेर आएजस्तो लाग्यो,’ उनले भने, ‘हुन त कोरोनालाई जितेर आएको हुँ ।’ दैनिक मजदुरी गरेर परिवारको गुजारा चलाइरहेका थिए । घर आएपछि परिवार कसरी चलाउने भन्ने चिन्ता लागेको छ । ‘काम गर्ने मान्छे कोठाभित्र थुनिएर बस्नु परेको थियो,’ उनले भने, ‘अहिले सबै जना निको भएर आयौं, खुसी लागेको छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।