सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्ने योजना नरहेको सरकारको भनाई

सफल खबर संवाददाता

शुक्रबार, ०९ जेठ २०७७, १५ : ५४
सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्ने योजना नरहेको सरकारको भनाई

काठमाडौं । सरकारले भारतसँगको सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्ने योजना नरहेको बताएको छ ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थ, सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन् ।

नेपाल भारत सीमा विवाद आपसी सहमतिमा सुल्झाउन भारतले चासो नदेखाए अन्तर्राष्ट्रियकरण गर्न समेत पछि पर्न नहुने मत आइरहेका बेला सरकारले यसबारे सोचिनसकेको प्रष्ट पारेको हो । 

‘हामीले नक्सा जारी गरेका छौं । त्योसँग सम्बन्धित विवाद हुने विषय अहिले नै अन्तर्राष्ट्रियकरण गर्नेबारे सोचेका छैनौ । अहिले हामीले मित्र राष्ट्रसँग वार्ता गरेर समाधान खोज्ने हो । कूटनीतिक तबरबाट समाधान नआएको खण्डमा के गर्ने भन्ने कुरा हुन्छ’, मन्त्री खतिवडाको भनाइ छ । 

पछिल्लो समय कालापानी क्षेत्रलाई लिएर नेपाल-भारतबीच तीव्र मदभेद देखिएको छ ।

प्रतिक्रिया दिनुहोस