बुटवल । कपिलवस्तुमा २ जना पत्रकारमा कोरोना संक्रमण देखिएको छ । आज कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुका ९ जना मध्ये २ जना पत्रकार रहेको खुलेको छ ।
उनीहरू वाणगंगा र कपिलवस्तु नगरपालिकाका २४ र २९ बर्षका पुरुष रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको हो ।
आज नै कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिका निवासी २५, २७, ३४, ३६, ४५, ५३ वर्षीय पुरुष र ८ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । यस अघि विभिन्न स्थानमा गरि ५ जना पत्रकारमा कोभिड १९ को संक्रमण देखा परिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ जेठ २०७७, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
मकवानपुरका पत्रकारद्वारा कालोपट्टी बाँधेर विरोध
तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु
पत्रकार महासंघको निर्वाचनमा धाँधलीको दाबी
देशभरका पत्रकार चुनावमा व्यस्त
पत्रकार महासंघको निर्वाचन असार २२ मा