काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी भूभागमा शुक्रबारको मौसममा सामान्य बदली रहने तथा मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ ।
यसबाहेक बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । पूर्वी भूभागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्हा तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शुक्रबार राति देशको पहाडि भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली तथा पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।नेपालको पूर्वी भूभागमा आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ जेठ २०७७, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना