अभिनेत्री मनिषा कोइराला माथि खनिए भारतीय संचारमाध्यम

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ जेठ २०७७, ०८ : २२
अभिनेत्री मनिषा कोइराला माथि खनिए भारतीय संचारमाध्यम

काठमाडौं । देशको भूभाग रक्षा गर्नुपर्ने भनाइ राख्दा अभिनेतृ मनिषा कोइरालामाथि भारतीय सञ्चारमाध्यम खनिएका छन् । 

नेपाली चेली कोइराले नेपालको नयाँ नक्साबारे समर्थन गरेको भन्दै उनीविरुद्ध भारतीय सञ्चारमाध्यम खनिएका हुन् ।मनिषाले भारतीय सञ्चारमाध्यमको आरोपपछि यस विषयमा कुनै प्रतिक्रिया दिएकी छैनन् । देश विदेशमा रहेका नेपालीले मनिषाको अभिव्यक्तिले मुक्तकण्डले प्रशंशा गरेका छन् ।

भारतीय सञ्चारमाध्यमले भने भारतको खाएर चीनको इसारामा नयाँ नक्साको समर्थन गरेको जस्ता आरोप लगाएर मनिषाको आलोचना गरेका छन् । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस