Safal Khabar - लकडाउनको बेला एआईजीले खोसे सिपाहीको गाँस
आइतबार, १८ जेठ २०७७ (Sunday, 31 May, 2020)
विस्तृतमा हेर्नुहोस् »
लकडाउनको बेला एआईजीले खोसे सिपाहीको गाँस
बिहिबार, ०८ जेठ २०७७, २१ : ०१
लकडाउनको बेला एआईजीले खोसे सिपाहीको गाँस

काठमाडौं । प्रहरी प्रधान कार्यालयको मानवश्रोत विभागमा कार्यरत प्रहरी अतिरिक्त्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्रीलाई सवारी महाशाखामा कार्यरत प्रहरी जवानहरुले आफ्नो गाँस खोसेको आरोप लगाएका छन् ।

कोरोनाको महामारीको समयमा अहोरात्र देश र जनताको सेवामा खटिएका प्रहरी जवानहरुको मनोवल उकास्नुको साटो उनीहरुलाई खानाबाट नै बन्चित गरेपछि एआईजी थापाको चौतर्फी विरोध हुन थालेको छ। 

विगत डेढ वर्षदेखि कार्यदलमा खाना खाँदै आएका करिब ३० जना जवानहरुको खाना एआइईजी थापाकै आदेशमा रोकिएको नाम सार्वजनिक नगर्ने शर्तमा एक प्रहरी जवानले बताएका छन्। "सवारी महाशाखाको खाना गुणस्तरहीन भएपछि हामीले पटक पटक हाकिम साबलाई उजुरी गरेका थियौं। तर उहाँबाट कुनै सुनुवाई नभएपछि हामीले कार्यदलमा खाना खाँदै आएका थियौं।हामीले आफ्नो पैसा तिरेर खाने हो जहाँ मिठो हुन्छ त्यहिँ खान्छौं।  तर एआईजी जस्तो मान्छेले हाम्रो खाना ठाडो आदेशमा रोकिदिनु भयो" अर्का एक एसएसपीका सवारी चालक बताउँछन्। 

Yeti Diistillery

यस विषयमा प्रहरी प्रधान कार्यालयमा बुझ्दा कोरोनाको कारण देखाएपनि त्यसभित्र कमिसनको खेल रहेको पाइएको छ । क्यान्टिनमा खाना खानेको न्यूनतम कोटा पूरा भएपछि सवारी महाशाखाका प्रमुख एसएसपी नरोत्तमलाल प्रधानलाई कोर्टमास्टरले कमिशन दिने गरेको स्रोतले बताएको छ। 

करिव ३० जनाले खाना नखाईदिँदा न्युनतम कोटा पुरा नभएपछि एसएसपीले कमिसन पाइरहेका थिएनन्। आफूले कमिसन नपाएको झोंकमा एसएसपी प्रधानले कोरोना महामारीको त्रास देखाउँदै एआईजी थापालाई कुरा लगाएका थिए । 

अरुको कुरा बढी सुन्ने स्वभावका एआईजी थापाले कार्यदलका एसपी वेध विष्टलाई ठाडो निर्देशन दिँदै खाना रोक्ने आदेश दिएका छन् ।  सवारी महाशाखामा कार्यरत करिव ३० जना जवानहरुले चिउराको भरमा डिउटी गरेपछि यो खबरले प्रहरी प्रधान कार्यालयदेखि गृह मन्त्रालयसम्म हंगामा मच्चिएको छ।

प्रतिक्रिया दिनुहोस