चितवनमा पत्रकार तथा कलाकारलाई सम्मान गरिने

बुधबार, ०७ जेठ २०७७, १४ : ३४
चितवनमा पत्रकार तथा कलाकारलाई सम्मान गरिने

चितवन । चलचित्र पत्रकार संघ चितवनले कलाकार र पत्रकारहरुलाई सम्मान गर्ने घोषणा गरेको छ । संघले जेठ ७ गते चलचित्र पत्रकारिता दिवसको अवसरमा चार जना कलाकार तथा पत्रकारलाई सम्मान गर्ने घोषणा गरेको हो । 

संघले नेपाली चलचित्र क्षेत्रमा योगदान दिएका चितवनका कलाकार ऋद्धिचरण श्रेष्ठ, चितवनमा रहेर पत्रकारिता गरिरहेका २ जना पत्रकार किशोर खनाल र सुशील पन्त र काठमाडौँमा रहेर पत्रकारिता गरिरहेका विजय सुवेदी आवाजलाई सम्मान गरिने संघका अध्यक्ष रवि अधिकारीले जानकारी दिए । 

संघका अनुसार कलाकार श्रेष्ठ नेपाली चलचित्रमा लामो समयसम्म योगदान गरेबापत् सम्मान गरिन लागिएको हो । चितवनका पत्रकारद्वय खनाल र पन्त तथा काठमाडौँमा रहेर चलचित्र पत्रकारिता गर्दै आएका चलचित्र पत्रकार सुवेदीलाई नेपाली चलचित्र पत्रकारितामा योगदान दिएबाप्त गरिन लागिएको हो । उनीहरुलाई जनही ५ हजार ५ सय नगदसहित सम्मान गर्ने निर्णय गरिएको संघका उपाध्यक्ष रामेश्वर रिजालले जानकारी दिए ।

संघका अध्यक्ष अधिकारीले कोरोना भाइरसका कारण तत्काल सम्मान गर्न नसकिएको बताए । उनले कोरोनाको सन्त्रास कम भएपछि चितवनमा कार्यक्रमको आयोजना गर्दै कलाकार तथा पत्रकारलाई सम्मान गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस