कोरोना संक्रमणको आशंका छ, अब पैसा तिरेर स्वस्फुर्त परिक्षण गराउनुस !

सफल खबर संवाददाता

बुधबार, ०७ जेठ २०७७, ०८ : ४१
कोरोना संक्रमणको आशंका छ, अब पैसा तिरेर स्वस्फुर्त परिक्षण गराउनुस !

काठमाडौँ । कोरोनाले विश्वव्यापी रुपमै महामारीको रुप लिईरहदा नेपालमा पनि यसको कहर दिन प्रति दिन बढदैं गएको छ । संक्रमणको दर ह्वात्तै बढदै गएपछि धेरै मानिसमा यसको संक्रमण भएको छ कि भन्ने आशंका छ ।

तर अब तपाईलाई त्यस्तो शंका छ भने अब रकम तिरेर स्वस्फुर्त अब परिक्षण गराउन सक्नुहुन्छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सार्वजनिक स्वास्थ्य संस्थामा जोसुकै व्यक्तिले पैसा तिरेर कोरोना परीक्षण गर्न सक्ने बताएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले तोकिएको मापदण्ड र सूचनाको गोपनियता तथा नियमित रिपोर्टिङ गर्ने सर्त अनिवार्य पालना गर्ने गरी लक्षण नभएकाले पनि परीक्षण गर्न पाउने बताए । 

उनले आरडीटी र पीसीआर परीक्षण स्वेच्छाले गर्न चाहने स्वदेशी तथा विदेशी नागरिकहरुले तोकिएका सार्वजनिक स्वास्थ्य संस्थाहरुमा गएर तोकिएका दररेटमा परीक्षण गराउन सक्ने बताए । उनले नीतिगत निर्णय गरेको बताउँदै यसले परीक्षणको दायरा बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस