सीमासम्बन्धी नेपालको तथ्य प्रमाण बलियो

पत्रपत्रिकाबाट

बुधबार, ०७ जेठ २०७७, ०७ : ४२
सीमासम्बन्धी नेपालको तथ्य प्रमाण बलियो

फाईल फोटो

काठमाडौँ । नेपाल सरकार लिम्पियाधुरा, कालापानी, लिपुलेकबारे भारतको जवाफको प्रतीक्षासँगै तथ्य प्रमाणको दस्तावेज बलियो बनाउन लागिपरेको छ । कूटनीतिक वार्ताबाट समाधान गर्न आग्रह गर्दै नेपालले भारतलाई ‘कूटनीतिक नोट’ पठाए लगत्तै तथ्य प्रमाणसहित आफ्नो पक्ष बलियो बनाउन लागिपरेको हो ।

लिपुलेक हुँदै मानसरोवर जाने सडक उद्घाटन गरे लगत्तै नेपालले त्यो क्षेत्र नेपालको भूमि भएको प्रस्ट्याउँदै वार्ताको आह्वानसहित वैशाख २९ गते ‘कूटनीतिक नोट’ पठाएको थियो । भारतका तर्फबाट स्पष्ट जवाफ आउन बाँकी रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो ।

कोरोना भाइरस ९कोभिड–१९० को सङ्कट मत्थर भएपछि मात्र दुई देशबीच वार्ता हुने भारतको सङ्केत आएको उहाँले बताउनुभयो । मन्त्रालय मातहत गठित सीमा निरीक्षण समितिले सीमा सम्बन्धी दस्तावेज बलियो बनाउने काममा सक्रियता बढाएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस