विदेशमा रहेका २० हजार नेपालीलाई तत्काल ल्याइनुपर्ने

पत्रपत्रिकाबाट

बुधबार, ०७ जेठ २०७७, ०७ : ३४
विदेशमा रहेका २० हजार नेपालीलाई तत्काल ल्याइनुपर्ने

फाईल फोटो

काठमाडौँ । खाडी तथा मलेसियामा अप्ठ्यारोमा परेका नेपाली कामदारमध्ये २० हजार जनालाई तत्काल स्वदेश ल्याउनुपर्ने अवस्था रहेको छ । 

खाडी तथा मलेसियास्थित नेपाली दूतावासले यो विवरण परराष्ट्र मन्त्रालयलाई पठाइसकेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रक्रिया मिलाएर विदेशमा रहेका कामदार ल्याउने संसदमा बताएपछि भिषा अवधि सकिएका, गैरकानुनी बसेका र काम गर्न नसक्ने अवस्थामा पुगेका ती नेपालीलाई तत्काल नस्वदेश ल्याउनुपर्ने अवस्था रहेको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस