नेकपा मसालद्वारा नयाँ नक्सा बनाएको सरकारलाई धन्यवाद

सफल खबर संवाददाता

मंगलबार, ०६ जेठ २०७७, ११ : ५२
नेकपा मसालद्वारा नयाँ नक्सा बनाएको सरकारलाई धन्यवाद

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतलाई नेपालको नक्सामा समेट्ने निर्णय गरेकोमा धन्यवाद दिएको छ । 

मसालले अब सरकारले कालापानीमा कब्जा गरेर बसेको भारतीय सेनालाई नेपालको भूमिबाट हटाउन पनि साहसिलो कदम उठाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् । 

मसालका महामन्त्री मोहन विक्रम सिंहले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक समेतबारे भारतसित प्रभावशाली प्रकारले पहल गर्दै आवश्यकताअनुसार त्यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने, संयुक्त राष्ट्रसङ्घ वा अन्तर्राष्ट्रिय अदालतमा लैजाने तथा नेपालको मु्द्दाको पक्षमा विश्व जनमत तयार पार्न सरकारले पहल गर्नेछ भन्ने पनि हामीले आशा गरेका छौँ ।’

मसलालले नीति र कार्यक्रममा एमसीसीलाई समावेश गरिएकोमा भने गम्भीर आपत्ती प्रकट गरेको छ । 

‘हामीले त्यसलाई नीति र कार्यक्रमबाट हटाउनको लागि माग गर्दछौँ । त्यसो नगरिएमा हामीले सरकारलाई दिएको समर्थन कायम राख्दा राख्दै पनि सदनमा प्रस्तुत गरिएको नीति र कार्यक्रमलाई समर्थन नगर्ने कुरा स्पष्ट गर्न चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस