कोरोनाको संक्रमणबाट जोगिन मलेरियाको औषधि खान थाले अमेरिकी राष्ट्रपति ट्रम्प

एजेन्सी

मंगलबार, ०६ जेठ २०७७, ०९ : ११
कोरोनाको संक्रमणबाट जोगिन मलेरियाको औषधि खान थाले अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट जोगिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधि खान सुरू गरेका छन् ।ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट जोगिन आफूले मलेरिया तथा लुपसको औषधि हाइड्रोक्सिक्लोरोक्वीन खान थालेको बताएका हुन् ।

 हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरससँग लड्छ वा त्यसविरुद्ध काम गर्छ भन्ने अहिलेसम्म वैज्ञानिक प्रमाण फेला परिसकेको छैन । वैज्ञानिकहरुले प्रभावकारिता पुष्टि नगरेको र गम्भीर ‘साइड इफेक्ट’ हुन सक्ने बताइरहेको हाइड्रोक्सिक्लोरोक्वीन औषधि कोरोना भाइरसको उपचारमा प्रयोग गर्न थालि सकिएको समेत उनले दाबी गरेका छन् ।

७३ वर्षका राष्ट्रपति ट्रम्प सोमबार रेस्टुरेन्ट व्यवसायीहरुसँगको बैठकमा थिए । कोरोना भाइरसको महामारीका कारण समस्यामा आएका व्यवसायीसँगको छलफलमा रहेका ट्रम्पले पत्रकारसँग सो औषधिबारे बताएका हुन् ।हाइड्रोक्सिक्लोरोक्वीनले सकारात्मक काम गर्न भन्ने प्रमाण के छ भनेर पत्रकारले सोध्दा ट्रम्पले भने, ‘यहाँ छ मेरो प्रमाणः यो औषधिले राम्रो गरेको छ भन्नेहरुको धेरै कल आइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस