काठमाडौं । सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ । नीति तथा कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका गरी १ सय १० जना सांसदले धारणा राखेसँगै छलफल सकिएको हो ।
नीति तथा कार्यक्रमको सत्ता पक्षका सांसदले राम्रो भएको भन्दै बचाउ गरेका छन् भने प्रमुख प्रतिपक्ष दलका विपक्ष दलका सांसदले कोरोनाविरुद्ध लिनुपर्ने विषय नीति तथा कार्यक्रममा समावेश नभएको भन्दै आलोचना गरेका छन् । कोरोना भाइरसका कारण यस वर्ष नीति तथा कार्यक्रममाथि दुई दिन मात्र छलफल भएको छ ।
सबै सांसदले बोल्न पाउनुपर्ने माग गरे पनि विषम परिस्थितका कारण भन्दै सभामुख अग्नि सापकोटाले दलीय आधारमा प्रमुख सचेतकले दिएको नामावलीअनुसार सांसदहरूलाई बोल्न दिइएको थियो । प्रि–बजेटमाथि छलफलमा आफ्नो धारणा राखेका सत्ता पक्षका सांसदले नीति तथा कार्यक्रममका धारणा राख्न पाएनन् । संसद् बैठक अघि कोरोना चेकजाँच नगराएका सात सांसद भने संसद् बैठकमा भाग लिनबाट वञ्चित भएका छन् । २ सय ७५ जना रहेको प्रतिनिधिसभामा हाल २ सय ७१ जना मात्र सांसद रहेका छन् ।
नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुहुने भएको छ । प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रममाथिको छलफल सकिनेछ । संघीय संसद्का महासचिव डा। भरत गौतमले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची रहेको बताउनुभयो । नीति तथा कार्यक्रममाथि पाँचवटा संशोधन परेको छ ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको नीति कार्यक्रमले तत्कालीन लक्ष्यसहित सरकारको दीर्घकालीन लक्ष्यलाई अनुशरण गरेको बताउनुभयो । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै उहाँले नीति कार्यक्रम कोभिड–१९ ले सिर्जना गरेको चुनौती सामाना गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’ निर्माण गर्ने राष्ट्रिय आकांक्षासहित आएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री ओली
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ: प्रधानमन्त्री ओली
मन्त्री गुप्तालाई प्रधानमन्त्रीले बोलाए बालुवाटार
प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी
विकास आयोजनाहरूलाई द्रुत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री ओलीद्वारा ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’को उद्घाटन