विश्व

दुबई इस्लामिक बैङ्कलाई ‘कालो जादु’ बाट १५ सय करोड ठग्ने नटवरलाल

शुक्रबार, ११ फागुन २०७४, ०९ : ०३
दुबई इस्लामिक बैङ्कलाई ‘कालो जादु’ बाट १५ सय करोड ठग्ने नटवरलाल

देशमा यो समयमा निरव मोदी र पन्जाब नेसनल बैङ्कको महा घोटाला धेरै चर्चा पाइरहेको छ । निरव र उनका मामा मेहुल चोकसीले पन्जाव नेसनल बैङ्कको करिब ११ हजाार ४ सय करोड  ठगी गरे र देश छोडेर भागे ।

तपाईंलाई आज यस्तै इन्टरनेसनल कथा सुनाउँछौँ । यो कथामा कैयौँ देशका बैङ्कका कर्मचारी छन् । कलो जादु छ । कैयाँै देशका सरकार र अदालतहरू छन् । साथै धेरै ठूलो धोकाधडीको यो किस्सामा एक प्लेब्वाइ छ । कुरा धेरै पुरानो हो । एक दिन एक व्यक्ति दुबईमा दुबई इस्लामिक बैङ्कको अफिसमा आए ।
उसलाई कार किन्न ऋण चाहिएको थियो । बैङ्क मेनेजरले उसको ऋण स्वीकृत गर्यो । यसबाट खुशी भएर त्यो व्यक्तिले दुबई इस्लामिक बैङ्कका मेनेजर मोहम्मद अयुबलाई पार्टी खाना बोलाए । घरमा त्यो व्यक्तिले बैङ्कका मेनेजरलाई के विश्वास दिलाए भने उसलाई कालो जादु आउँछ । यसको सहयोगले ऊ पैसा दुई गुणा बनाउन सक्छ ।

इस्लाममा कालो जादु नराम्रो हो । यसलाई इसनिन्दा र तौहिन–ए–इस्लाम भनिन्छ, फेरि पनि मोहम्मद अयुबलाई त्यो व्यक्तिमाथि विश्वास लाग्यो । दोस्रो दिन उनी केही रकम लिएर दोस्रो पटक त्यो व्यक्तिको घर गए । अयुबले के देखे भने त्यो अचम्मको हरकत गरिरहेको थियो । घरमा आगो र धुवाँ थियो ।

हङ्गामा जस्तो माहोलमा त्यो व्यक्तिले मेनेजर अयुबलाई भन्यो, आफूमाथि जिन्नको छायाँ आएको छ । उनी यो समयमा चुप लागून्, नत्र भने उनका पैसा दुई गुणा हुँदैनन् ।

दुबई इस्लामिक बैङ्क
केही समयको लछारपछार र तन्त्र मन्त्रपछि दुबई इस्लामिक बैङ्कको मेनेजरको पैसा दुई गुणा भए । उनी खुशी भएर गए । यसरी मेनेजर अयुबमाथि त्यो व्यक्तिको कोलो जादु चल्यो । यसरी चल्यो कि पछि गएर दुबई इस्लामिक बैङ्क दिवालिया हुने बिन्दुमा पुग्यो ।
त्यो व्यक्तिको नाम थियो फुटाङ्ग बाबानी सिसोको । बाबानी सिसोको अफ्रिकाको माली देशको बासिन्दा थिए । जसले बैङ्किङ इतिहासमा धेरै ठूलो अन्तर्राष्ट्रिय घोटाला गरे । दुबईका मेनेजरलाई कालो जादूको

विश्वास दिलाएपछि बाबानीले उसको सहयोगमा दुबई इस्लामिक बैङ्कलाई लुट्न सुरु गरे । यो सिलसिला १९९५ बाट सुरु भयो । आउँदा तीन वर्षसम्म अयुब यो सोचे बाबानी सिसोको विश्वरका बैङ्क खाताहरूमा रकम ट्रान्सफर गर्दै गयो ।

उसलाई के विश्वास थियो भने यो रकम दुई गुणा भएर उसकहाँ फिर्ता आउने छ । उसलाई सिसोकोको हजारौँ डलरको क्रेडिट कार्ड बिल र जरिवाना पनि बैङ्कको तर्फबाट भरे । यो किस्सा भन्छन्, यो मामलाको जाँच गर्ने अमेरिकाको मयामी सहरमा बस्ने वकिल एलन फाइन । फाइन ती दिनलाई सम्झँदै भन्छन्, १९९८ मा अचानक दुबई इस्लामिक बैङ्क समस्यामा छ भन्ने हल्ला फैलन थाल्यो ।
बैङ्कमा निवेश गर्नेहरू धेरै त्यसको अफिसमा जम्मा भएका छन् । बैङ्कका कर्मचारीहरूले कुनै समस्या छैन भन्दै सम्झाउने कोसिस गरे ।

घोटालाको सूत्रधार
तर पनि मान्छेहरू आफ्नो रकम निकाल्न आतुर थिए । बैङ्क कर्मचारीहरूले यस सङ्कटलाई सानो समस्या भने । तर यो घोटाला कति ठूलो थियो भने बैङ्कलाई बचाउन दुबई सरकारले पहल गर्नु पर्यो ।

यसको कारण बैङ्कका मालिकले आफ्नो हिस्सा सरकारलाई दिनुपर्यो । यो समयमा घोटालाका सूत्रधार फुटाङ्गा बाबानी सिसोको कहाँ थिए ? साप, उनी त कुनै अरू बैङ्क ठग्नका लागि पहिला नै दुबईबाट फरार भइसकेको थियो । ध्यान दिने कुरा के थियो भने उसलाई दुबई इस्लामिक बैङ्क लुट्नका लागि दुबईमा नै हुनुपर्ने आवश्यक थिएन ।

मेनेजर अयुबले उनका अन्य देशका खातामा बैङ्कबाट पैसा ट्रासफर गरिरहेका थिए । दुबईमा  डीआईबी बैङ्क मेनेजरलाई झुुक्काएपछि बाबानी सिसोको न्युयोर्क पुगेको थियो । यहाँ ऊ सिटी बैङ्को अफिस गयो । त्यहाँकी एक महिला कर्मचारीलाई कुराले मख्ख पारेर त्यससँग विवाह गर्यो ।

सिटी बैङ्कमा आफ्नी नयाँ श्रीमतीको सहयोगमा खाता खोले । यस खाताको माध्यमबाट बाबानी सिसोकोले दस करोड डलर रकम दुबई इस्लामिक बैङ्कबाट यो खातामा ट्रासफर गरायो । अवस्था कस्तो थियो भने सिटी बैङ्कमा दुबई बैङ्कको खाताबाट करिब १५ करोड डलर निकालेर सिसोकोको खातामा हाल्यो ।

फुटाङ्गा बाबानी सिसोकोको गल्ती
यसका लागि आवश्यक अधिकारीहरूको मन्जुरी पनि लिइएन । यद्यपि पछि दुबई इस्लामिक बैङ्कले यो आरोप सिसोकोमाथिबाट फिर्ता लियो ।
सिसोकोले यो रकममध्येबाट ५ लाख डलर आफ्नी श्रीमतीलाई पनि दिए । एलन फाइन भन्छन्– कसैलाई थाह थिएन, कुन कानुनअनुसार बाबानी सिसोकोले सिटी बैङ्कमा काम गर्ने त्यो महिलासँग विवाह गरे ।

यद्यपि उनी उसको जालसाक्षीमा धेरै सहयोगी सावित भइन् । त्यो महिलालाई यो पनि थाह थियो, सिसोकोकी कैयौँ श्रीमती छन् । जो विभिन्न देशमा बस्थिन्, यिनीमध्ये केही अफ्रिकामा केही मयामीमा र केही न्युयोर्कमा पनि बस्थिन् । यता दुबई इस्लामिक बैङ्कबाट अयुब सिसोकोलाई पैसा पठाउँदै गरे । उता सिसोकाले यस पैसाले एक एयरलाइन खोल्ने आफ्नो सपना पूरा गरे ।

उसले एक हाँकर–सिडेल १२५ विमान किन्यो, यसबाहेक उसले दुई बोइङ ७२७ विमान पनि किन्यो । उसले पश्चिम अफ्रिकामा एयर डाबिया नामको एरलाइन सुरु गरे ।

डाबिया सिसोकोको गाउँको नाम हो । धोखाधडीको यो मायाजाल मजाले चलिरहेको थियो, बाबानी सिसोकोले एउटा ठूलो गल्ती गर्यो । उसले अमेरिकामा दुई हुयएई हेलिकप्टर किन्ने कोसिस गरे । सिसोकाले भने– यो हेलिकप्टर उसलाई एयर एम्बुलेन्स सेवाका लागि चाहिएको छ ।
तर यी अमेरिकी हेलिकप्टर धेरै ठूला ठूला थिए । यसमा तोप लगाउन सकिन्थ्यो । एयर एम्बुलेन्सका लागि यिनको प्रयोग कहिल्यै भएको थिएन ।

इन्टरपोलबाट वारेन्ट
यसलाई अमेरिकामा किन्नका लागि विशेष मन्जुरी लिनु परेको थियो । जब अधिकारीहरूले प्रश्न उठाए, सिसोकोका मान्छेले उनलाई ३० हजार डलर घुस दिन खोजे ।
उनलाई गिरफ्तार गरियो । यसपछि सिसोकोका विरुद्ध इन्टरपोलबाट वारेन्ट जारी गरियो । उनलाई स्विजरल्यान्डको जेनेभा सहरमा गिरफ्तार गरियो । त्यही समयमा मयामीको वकिल टाँम स्पेसरले सिसोकोलाई जेनेभामा भेटेका थिए । जब उनी जेलमा सिसोकोलाई भेट्न गए, त्यहाँका कर्मचारीले कहीँ उसलाई कतै अमेरिका त लिने होइन भनेर सोधे । उनले यस्तो चाहँदैन थिए ।


टाँम भन्छन्– जेनेभाको जेलका कर्मचारीहरूका लागि सिसोको पेरिसबाट खाना मगाउँथ्यो । सिसोकोलाई प्रत्यापर्ण गरेर तुरुन्त अमेरिका लगियो । यसै समयमा उनले आफ्ना समर्थक जुटाउन सुरु गरे । उनका लागि ठूला ठूला मानिस आएर उभिन थाले । न्यायाधीशले के थाहपाएर हैरान भए भने यिनीमध्ये राजनीतिज्ञदेखि लिएर एक सिनेटरसम्म सहभागी थिए । अमेरिकी सरकार के चाहन्थ्यो भने सिसोको कस्टडीमा रहोस् । तर उसले २ करोड डलर रकममा जमानत मिल्यो । यो त्यो समयको फ्लोरिडा राज्यको रेकर्ड जमानत रकम थियो ।

रिहा भएपछि बाबा सिसोकोले जमेर पैसा लुट्न सुरु गरे । उनको पक्षमा मुद्दा लड्ने कानुनी टिमका हरेक सदस्यलाई मर्सिडिज र जगुआर कार उपहारमा दिए । सिसोकोले एक ज्वलरी पसलबाट पाँच लाख डलरको सपिङ गरे, अर्को पसलमा गएर हजारौँ डलरको सपिङ गरे ।

फ्लोरिडाका मयामी सहर
कपडाको एउटा सोरुमबाट उनले १ लाख  ५० हजार डलरको रकम लुटे । मयामीको एक कार डिलर रोनिल डफ्रेन भन्छन्, सिसोकोले एकै पटक तीन चारवटा कार किन्थे ।
केही दिनपछि आएर फेरि तीन चारवटा कार किन्थे । रोनिलले उसलाई ३०–३५ कार बेचेका थिए । फ्लोरिडाको मयामी सहरमा सिसोको एक सेलिब्रेटी बनी सकेका थिए । उसका पहिले नै कैयौँ श्रीमती थिए । फेरि उसले अरू विवाह गरे । उसले आफ्नी श्रीमतीहरूलाई पूरा मयामी सहरमा विभिन्न ठाउँमा २३ वटा घरहरू भाडामा लिएर राखेकी थिइन् ।

सिसोकोका काकाको छोरा मकान मुसा भन्छन्– उनी एक प्लेब्वाइ थिए । देख्नमा सुन्दर थिए । कपडा पनि सानदार लगाउँथे । धेरै सानको जीवन बिताउँथे, सिसोको । लुटेको रकमले बाबा सिसोको दान पनि दिन्थे । यसकारण उसको चर्चा धेरै हुन्थ्यो ।
उसले एक स्कुलको बैन्डलाई ४ लाख १३ हजार डलर रकम दान दिएको थियो । यो बैन्ड थ्याक्स गिविङ डे परेडका लागि न्युयोर्क जान चाहन्थ्यो ।

उसको एक वकिल प्रोफेसर एचटी स्मिथ भन्छन्– बाबा सिसोको हरेक बिहीबार मयामीको सडकमा निस्कन्थ्यो र घर नभएकालाई पैसा बाँड्थ्यो । स्मिथ भन्छन्, कहिले काहीँ ऊ आजको समयको राविन हुड लाग्थ्यो, जुन धनीलाई लुटेर गरिबलाई बाँड्थ्यो ।

यद्यपि स्मिथको बुझाइ के छ भने ऊ पैसा चर्चाका लागि ठग्थ्यो । किनभने सिसोको ट्रायल सुरु हुनेवाला थियो । जब मुद्दा सुरु भयो अनि वकिलको सल्लाहका विरुद्ध गएर आफूले गरेको अपराध स्वीकार्यो । उसलाई लाग्यो कि यसले तमाम सवाल र आरोपबाट बच्ने छ ।

घोटालाको अपराधी
अदालतले उसलाई ४३ दिनको कैद सजाय दियो र ढाइ लाख डलरको जरिमाना गर्यो । आश्र्चयको कुरा के छ भने जरिमानाको रकम दुबई इस्लामिक बैङ्कको तर्फबाट दुबईको मेनेजर मोहम्मद अयुबले जम्मा गर्यो ।

यद्यपि बैङ्क र अयुबलाई सिसोकोका कामको खबरसम्म थिएन । आधा सजाय भोेगेपछि बाबा सिसोकोलाई रिहा गरिदियो । उसले यसको खुशीमा घर नभएका मानिसहरूलाई एक ठाउँमा १० लाख डलर दान दियो । बाँकी दिन उसले मालीस्थित आफ्नो घरमा नजरबन्दमा बिताउनुपर्ने थियो ।

जब बाबा सिसोको आफ्नो ठाउँमा पुग्यो, उसलाई हिरोको जसरी स्वागत भयो । ठीक यही समयमा दुबई इस्लामिक बैङ्कका अडिटरलाई बैङ्क खातामा गडबडी भएको थाह भयो । मेनेजर अयुब पनि हैरान भयो । उसले आफ्नो एउटा साथीसँग आफूले गरेको अपराध भन्यो । उसलाई यति सरम लागेको थियो, सिसोकोलाई दिएको पैसा कागजमा लेख्यो ।

यो रकम २४ करोड लडर थियो । अयुबलाई बैङ्क घोटालाको आरोपी ठहर्याएर तीन वर्षको सजाय भयो । काला जादुको विश्वास हटाउन उसको दिमागको पनि उपचार गरियो । उता घोटालाको नाइके सिसोकोलाई कहिल्यै कानुनको सामना गर्नुपरेन । सिसोको अनुपस्थितिमा दुबईको एक अदालतले उसलाई घोटाला र कालो जादु गरेको आरोपमा तीन वर्षको जेल सजाय सुनायो । इन्टरपोलले बाबा सिसोकोका विरुद्ध गिरफ्तारीको वारेन्ट जारी गर्यो । आज पनि इन्टरपोल उसलाई खोज्छ ।

मालीको प्रत्यार्पण सन्धि
धोखाधडीको यो प्रख्यात विरुद्ध कैयौँ अन्य देशमा पनि मुद्दा चले । पेरिसमा चलेको एक मुद्दामा सिसोकोको वकिलले ऊ त निर्दोश हो समेत भने । अयुबको अपराध लुकाउनकोलागि उसलाई बलिको बोका बनाइयो । यद्यपि वकिलको यो भनाइ अदालतले अस्वीकार गरिदियो र उसलाई अवैध लेनदेनको दोषी ठहर्यायो ।
तपार्इं यो जानेर हैरान हुनुहुने छ, यति ठूलो घोटाला गर्ने बाबानी सिसोको २००२ देखि २०१४ सम्म अर्थात १२ वर्षसम्म सांसद भए ।

यस कारण उसमाथि मुद्दा चलाउन सकिँदैन थियो । पछिल्लो चार वर्षदेखि ऊ सांसद थिएन । तर अन्य देशहरूसँग मालीको प्रत्यर्पण सन्धि थिएन । यसकारण उसलाई कानुनको सामना गर्न अन्य कुनै देश लान सकिएन । तर पनि दुबई इस्लामिक बैङ्क उसको विरुद्ध अहिले पनि मुद्दा लडिरहेको छ ।

मालीको राजधानी बमामा बस्ने उसकी टेलर भन्छिन्, उनी राम्रा कपडाको शौखिन थिए । यस टेलरले दुई अथवा तीन वर्ष पहिला बाकस भरेर कपडा सिसोकोका लागि सिलाएकी थिइन् । टेलरको भनाइ के छ भने सिसोको दिल खोलेर मानिसलाई दान दिन्थे । उसलाई वितरण गर्न मजा आउँथ्यो । सिसोकोको ड्राइभर लुकाली इब्राहिम भन्छन्, यदि सिसोकोको खल्तीमा पैसा भयो भने ऊ वादशाहजस्तै दिलदार हुन्थ्यो ।

ऊ धेरै खर्च गथ्र्यो । ऊ मानिसलाई दिल खोलेर दिन्थ्यो । उसलाई मानिसको समस्या समाधान गर्न आनन्द आउँथ्यो । बमाकोमा एक सुनारले पनि सिसोकोको धेरै प्रशंसा गर्यो । उसले भन्यो, सिसोको प्रायः आफ्ना साथीहरू र चिने जानेकाका लागि गहना बनाउँथ्यो । यी दिनहरूमा यो कालो जादुवाला जालसाजी आफ्नो गाउँ डाबियामा बस्छ ।

बैङ्कको रकम कहाँ गयो
यो गाउँ मालीको सेनेगल र गिनी देशमा मिल्ने सिमामा अवस्थित छ । डाबियामा अहिले पनि ऊ पूरा शौक सानका साथ बस्छ । उसलाई सधैँ सुरक्षाकर्मीहरूले घेरेका हुन्छन् ।

अहिले उसको उमेर ७० वर्ष पार भइसकेको छ । उसले स्वयम्लाई बढाइ चढाइ पेश गर्छ । उसलाई भेट्दा आफ्नो नाम बाबानी भन्यो तर ऊ जन्मेको गाउँमा पूरा आगोलागेको थियो । उसले के भन्यो भने उ १९८५ देखि आफ्नो गाउँलाई राम्रो बनाउने काम गरिरहेको छ । उसले के दावा गरे भने एक समयमा उसको सम्पती करिब ४० करोड डलरसम्म पुगेको थियो ।

तर जब उसलाई के दुबई इस्लामिक बैङ्कलाई २४ करोड डलरको घोटाला लगाएको कुरा सोधियो तर उसले ठाडै अस्वीकार गर्यो । सिसोकोले बीबीसी संवाददातासँग यो बनाइएको कथा हो भन्यो । त्यो मान्छे अथवा बैङ्क मेनेजर मोहम्मद अयुबले के भन्नुपर्छ भने बैङ्को रकम कहाँ गयो ।

यति धेरै रकम कोही एक बैङ्क कर्मचारीले ट्रासफर गर्न सक्दैन । यसका लागि कैयौँ ठूला हाकिमको मञ्जुरी चाहिन्छ । जब उसलाई अयुबले अदालतमा दाबा गरेको थियो, सिसोकोले उसमाथि कालो जादु गर्यो । यो कुरा सुनेर सिसोको हाँस्यो ।
उसले भन्यो– यदि कसैसँग कालो जादुको ताकत हुन्थ्यो भने मिहिनेत के गर्छ । कालो जादु चल्ने हो भने मानिस जर्मन, फ्रान्स र अमेरिकाको बैङ्क किन लुट्दैनन । सिसोकोलाई के उनी अहिले पनि धनी छस् भनेर सोधियो । उसले अस्विकार गर्यो । यति ठूलो जालसाजी गर्नेको जवाफ उ धनी होइन गरीब भन्ने थियो ।

आज पनि ऊ इन्टरपोललाई छलेर २० वर्षसम्म भगौडाको जीवन बितायो । उसले जति रकम लुटेको थियो त्यो सबै गुमाइ सक्यो । आज ऊ आफ्नो देश छोडेर कहीँ जान सोच्न पनि सक्दैन । अथवा आफ्नो देशको सिमामा कैदी छ । किन कि यो ठगलाई बाहिर निस्कने बित्तिकै गिरफ्तार गर्ने छन् ।

अचम्मको कुरा त यो छ कि जसले कालो जादु चलाएर फुटाँग बाबानी सिसोकोले दुबईको बैङ्कबाट करोडौं रुपयाँ लुट्यो, उसका लागि सिसोकोले आजसम्म एक दिन पनि जेल जानु परेन ।

प्रतिक्रिया दिनुहोस