नेपालका ३२ जिल्लामा फैलियो कोरोना, कहाँ कति संक्रमित ?

पत्रपत्रिकाबाट

मंगलबार, ०६ जेठ २०७७, ०६ : ५२
नेपालका ३२ जिल्लामा फैलियो कोरोना, कहाँ कति संक्रमित ?

काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण पछिल्ला केहि दिनमा नेपालमा पनि वढ्दो क्रममा देखिएको छ । हिजो (सोमबार) एकै दिन ८० जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन्।

पछिल्लो दुई दिनमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ३३७ जना अइसोलेसनमा उपचाररत छन् । ३६ जना भने उपचारपछि निको भएर घर फर्केका छन्। नेपालमा पहिलो संक्रमित माघ ९ गते देखिएको थियो ।

हालसम्म नेपालका ७७ जिल्लामध्ये ३२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा सबैभन्दा बढी संक्रमित बाँकेमा जिल्लामा देखिएका छन्। बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ९४ पुगको छ । त्यस्तै बाँकेपछि पर्सामा ९१ जना कोरोना संक्रमित फेला परेका छन्।

प्रादेशिक तथ्यांक हेर्दा सबै भन्दा बढि प्रदेश ५ मा १७१ जना र प्रदेश २ मा १३४ जना कोरोना संक्रमित भेटिएका छन् भने कर्णालीमा प्रदेशमा एक जना मात्र कोरोना संक्रमित भेटिएका छन् । प्रदेश ५ र प्रदेश २ कोरोना संक्रमणबाट बढी प्रभावित छन् । दिनानुदिन कोरोनाको संक्रमितको संख्या बढ्दै गएपछि त्यहाँका मानिसमा त्रास पनि बढेको छ ।  नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस