काठमाडौं । पसलसहितको एक आवसीय भवनमा आगलागी हुँदा भारतको मध्य प्रदेशमा कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । मध्यप्रदेशको राजधानी भोपालबाट करिब ४०४ किलोमिटर टाढा ग्वालियर शहरको इन्दरगञ्जमा आगलागी भएको र घटनामा पाँच अन्य घाइते भएका बताइएको छ ।
“सोमबार ग्वालियर शहरमा आगलागी हुँदा सात व्यक्तिको मृत्यु भएको र पाँच अन्य आगोले जलेर सख्त घाइते भएका छन्,” स्थानीय एक प्रहरीले घटनालाई पुष्टि गर्दै भने । प्रहरीका अनुसार घटनामा मृत्यु हुनेमा चार बालबालिकासहित तीन महिला रहेका छन् ।
स्थानीय वासिन्दाका अनुसार एउटा रङ पसलबाट आगलागी शुरू भएको थियो,जुन क्षणभरमा नै भवनको माथिल्लो तलासम्म फैलिएको थियो ।
स्थानीय वासिन्दा अतुल चौधरीले भन्नुभयो, “रङ पसलबाट शुरू भएको आगलागी सोही भवनमा रहेका दुई परिवार बस्दै आएको माथिल्ला तलामा तुरून्तै फैलिएपछि त्यहाँ रहेका महिला तथा बालबालिकाको निधन भएको हो ।” प्रहरी र स्थानीयको लामो प्रयासपछि केही घन्टापछि भवनमा लागेको आगो नियन्त्रणमा आइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०५ जेठ २०७७, २१ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी