कपिलवस्तु जिल्ला १५ दिनलाई सिल

सफल खबर संवाददाता

सोमबार, ०५ जेठ २०७७, १९ : २२

काठमाडौं । कोरोना संक्रमण फैलने उच्च जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दोस्रो पटक जिल्ला सिल गरेको सूचना जारी गरेको छ ।

यसअघि बैशाख २९ देखि जेठ ५ गतेसम्मका लागि जिल्लालाई सिल गरिएको थियो । आज फेरि प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौड्यद्वारा जारी गरेको सूचनामा जेठ २० गतेसम्म जिल्लालाई सिल गरिएको उल्लेख छ ।

सरकराले लकडाउन जेठ २० गतेसम्म बढाएको तथा कपिलवस्तु कोरोनाको रेड जोनमा परेपछि जिल्लालाई पुनः १५ दिन सिल गर्ने निर्णय गरिएको हो ।