बारामा पनि पत्रकारलाई कोरोना संक्रमण, कोरोना संक्रमित पत्रकारको संख्या ५ पुग्यो

सफल खबर संवाददाता

सोमबार, ०५ जेठ २०७७, १० : ३५
बारामा पनि पत्रकारलाई कोरोना संक्रमण, कोरोना संक्रमित पत्रकारको संख्या ५ पुग्यो

काठमाडौं । देशभरि नै कोरोनाको संक्रमण बढिरहदा सुचना सम्प्रेषण तथा जनताको सुसुचित हुने अधिकार पुरा गराउन अग्रभागमा खटिने संचारकर्मी पनि संक्रमित हुने क्रम बढेको छ ।

आज पुनः एकजना पत्रकारमा संक्रमण देखा परेको छ । स्वास्थ्य मन्त्रालयले आज पुष्टि गरेको ९ जना संक्रमित मध्ये १ जना बारा जिल्लाका पत्रकार रहेका छन् ।  संक्रमित पत्रकार बाराको करैयामाई–५ निवासी पुरुष रहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । 

यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ । संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।