काठमाडौं । नेपालमा कोरोनाभाइरबाट मृत्यु भएका २ जनामा फरक फरक लक्षण देखिएको छ। धुलीखेल अस्पतालमा बिहीबार मृत्यु भएकी २९ वर्षीया महिलामा सुख्खा खोकी, श्वासप्रश्वासमा समस्याका साथै निमोनिया देखिएको थियो ।
आइतबार बाँकेको नरैनापुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय युवकलाई करिब दुई घण्टासम्म बान्ता भएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेका अनुसार पहिलाको एक्सरे प्रतिवेदनमा दुवै फोक्सोमा निमोनिया देखिएको थियो । युवकको थप रिपोर्ट आउन बाँकी छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०५ जेठ २०७७, ०७ : ५७
लेखकबाट थप