काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका केही क्षेत्रमा बदली भए पनि आइतबार अधिकांश क्षेत्रको मौसम सफा रहने जनाएको छ । स्थानीय वायुको प्रभाव रहेकाले केही क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बदली हुने देखिएको मौसमविदले बताएका छन् ।
अहिले पूर्वी भू–भागमा आंशिक बदली भएको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतयासफा रहेको छ। आइतबार दिउँसो देशको पूर्वी क्षेत्रमा सामान्य बदली र मध्य तथा पश्चिमका पहाडी भू–भागमा आंशिक बदली हुने जनाइएको छ । अरु क्षेत्रको मौसम भने सामान्यतया मौसम सफा रहनेछ ।
पूर्व र मध्य तथा पश्चिमका पहाडी भू–भागका थोरै स्थानमा अपराहन्नपछि मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।
यस्तै राति पूर्वी पहाडी क्षेत्रसहित मध्य तथा पश्चिमका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्। पूर्वका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ जेठ २०७७, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी प्रदेशहरुमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना