कसरी गरिन्छ कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन ?

सफल खबर संवाददाता

शनिबार, ०३ जेठ २०७७, २१ : ५०

काठमाडौँ । सरकारले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरुका शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ बनाएको छ । कार्यविधिमा कोभिड-१९ को कारण मृत्यु भएको शव जथाभावी सदगत गर्न नहुने उल्लेख छ ।

सोही कार्यविधिअनुसार सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शव व्यवस्थापन गरिएको छ । 

कोभिड-१९का कारणले मृत्यु भएका व्यक्तिको सामान्यतया पोस्टमार्टम गर्न नपर्ने र यदि गर्नुपरेमा मृतकको फोक्सो तथा अन्य अंगहरुमा जीवाणु जिउँदै हुनसक्ने हुनाले होसियारी अपनाएर गर्नुपर्ने उल्लेख रहेको छ ।  कार्यविधिअनुसार कोरोनाबाट मृत्यु भएकाको शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य प्रयोग गर्नुपर्छ ।