नेपाली भूमिमा बनाउन थालिएको संग्रहालयको काम भारतले रोकिदियो , निर्माण गरेमा भत्काइदिने चेतावनी

पत्रपत्रिकाबाट

शुक्रबार, ०२ जेठ २०७७, ०७ : ५६
नेपाली भूमिमा बनाउन थालिएको संग्रहालयको काम भारतले रोकिदियो , निर्माण गरेमा भत्काइदिने चेतावनी

काठमाडौँ । जंगे पिलरभन्दा करिब एक सय मिटर वर नेपाली भूमिमा निर्माण भइरहेको संग्रहालयको काम भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोकिदिएको छ । नेपालको पश्चिमी भूभाग लिपुलेक र कालापानी क्षेत्रमा सडक बनाएर उद्घाटन गरेको भारतले पूर्वी सीमाअन्तर्गत पाँचथरको फालेलुङ गाउँपालिका–६ आहालमा पर्ने दशगजा क्षेत्रसमेत आफ्नो भएको दाबी गरेको हो ।

पाँचथर र इलामको सीमावर्ती क्षेत्रमा उक्त पर्यटकीय संग्रहालय बनाउन लागिएको थियो । इलामको सन्दकपुरसँग जोडिएको उक्त निर्माणस्थल जंगे पिलरभन्दा करिब एक सय मिटर वर नेपालतर्फ पर्ने फालेलुङ गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले बताए ।

प्रतिक्रिया दिनुहोस