समुदायमा व्यापक बन्दै संक्रमण

पत्रपत्रिकाबाट

शुक्रबार, ०२ जेठ २०७७, ०६ : ४६
समुदायमा व्यापक बन्दै संक्रमण

फाईल फोटो

काठमाडौं । भारतीय सीमाबाट घुसपैठ र लकडाउनको अवज्ञा हुनुका साथै पर्याप्त कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परीक्षण हुन नसक्दा कोरोना संक्रमण समुदायमा व्यापक बन्दै गएको छ । ‘हटस्पट’ बनेका प्रदेश २ र प्रदेश ५ मा दुईमहिने शिशुदेखि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र थुनुवासमेत संक्रमित भएका छन् । लुकीछिपी राजधानी पस्नेहरूसँगै उपत्यकामा पनि संक्रमण बढेको छ ।

काठमाडौंमा २, कपिलवस्तु, नवलपरासी, धादिङ र धनुषामा १/१ गरी ६ संक्रमित थपिएसँगै बिहीबार रातिसम्म संक्रमितको संख्या २ सय ४९ पुगेको छ । भारतमा रेल सेवा चालु भएसँगै सीमावर्ती रूपन्देही, कपिलवस्तु र बाँकेको दशगजाबाट स्वदेश आउन चाहनेको भीड बढेको छ ।

प्रदेश २ मा कोरोना भाइरस (कोभिड–१९) संक्रमण समुदायमै फैलिएको चिकित्सकहरूले बताएका छन् । आठवटा जिल्ला रहेको प्रदेश २ मा हालसम्म कोरोना संक्रमितको संख्या बिहीबारसम्म ९८ पुगेको छ । चिकित्सकहरूले संक्रमण समुदायमै फैलिएको दाबी गरिरहँदा तीनै तहका सरकार भने लकडाउनले प्रभावित परिवारलाई राहत वितरण, अस्पतालको पूर्वाधार थप्ने र स्वास्थ्य सामग्री खरिदमै अलमलिएका छन् । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस