काठमाडौँ । मंगलबार साँझ भक्तपुरमा दुई र काठमाडौंमा एक जना संक्रमित फेला परे । ती तीनैजना लकडाउनको समयमा काठमाडौं बाहिरबाट उपत्यका छिरेको देखियो ।
उनीहरू कसरी संक्रमित भए भन्ने अझै यकिन हुन सकेको छैन । तर, यो घटनाले काठमाडौं उपत्यकाबाहिर समुदायमै संक्रमण फैलिएको हुन सक्ने आधारलाई बलियो बनाइदिएको छ ।
पछिल्ला संक्रमितको यात्रा विवरणले संक्रमित क्षेत्रबाट राजधानी प्रवेश गरेका व्यक्तिहरूको परीक्षण र उनीहरूको सम्पर्कमा आएकालाई कन्ट्याक्ट ट्रेसिङ व्यापक गर्नुपर्ने देखिएको छ । लकडाउनको समयमा मुख्य राजमार्ग भएरै छिरेकाहरूको तथ्यांक प्रहरीसँग रहे पनि सम्पूर्ण विवरण छैन । यस्तै चोरबाटोबाट छिरेकाको त न तथ्यांक छ न विवरण ।
यसले काठमाडौं उपत्यकालाई पुन: लकडाउनपूर्वकै अवस्थामा पुर्याइदिएको विज्ञहरू बताउँछन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०१ जेठ २०७७, ०७ : ४७
लेखकबाट थप