सीमा विवादबारे जथाभावी नबोल्न मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन

सफल खबर संवाददाता

मंगलबार, ३० बैशाख २०७७, १५ : १७
सीमा विवादबारे जथाभावी नबोल्न मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाबारे आफूखुसी जथाभावी नबोल्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सीमा समस्या कूटनीतिक तवरबाट नै हल गर्ने विषय भएको बताएका हुन् ।

सीमा समस्या हल गर्न सरकारले पहल गरिरहेको पनि प्रधानमन्त्रीको भनाइ थियो ।

त्यस्तै प्रधानमन्त्रीले सुगौली सन्धिअनुसार काली नदी पूर्वको भूभाग नेपालको भएको बताए । तर कालापानी क्षेत्रमा सीमाको समस्या पुरानो भएको भन्दै उनले वि.सं. २०५५/०५६ अनेरास्ववियुका तत्कालीन अध्यक्ष योगेश भट्टराई र दीपक भट्टको नेतृत्वमा मार्चपास गरेको स्मरण गरेका थिए ।

प्रधानमन्त्रीले लिपुलेकमा भारतले सडक बनाएको पूर्व सूचना आफूसँग नभएको बताएका छन् । ‘सीडीओले रिर्पोटिङ गरेका थिए, के थिए भन्ने पत्रपत्रिकामा पढेँ । तर भारतले सडक खन्दैछ भन्ने मलाई कसैले रिपोर्टिङ गरेनन्’ उनले भने ।

सीमा समस्या समाधानका लागि सरकारले पटकपटक कुरा उठाउँदै आएको भएपनि भारतको नियत ठीक नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस