काठमाडौं । अतिक्रमित नेपाली भूमि हुँदै चीन प्रवेश गर्ने सडकमार्ग विस्तार गरिरहेको भारतलाई कडा आपत्ति जनाउँदै परराष्ट्र मन्त्रालयले असन्तुष्टि पत्र पठाएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई सोमबार मन्त्रालय बोलाइ कुटनीतिक नोट बुझाएका हुन् ।
नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनतर्फ जाने मोटरमार्ग भारतले बनाउन थालेको औपचारिक सूचना गत शुक्रबार बाहिरिएपछि उब्जिएको बहसका माझ परराष्ट्रले भारतीय राजदूतलाई बोलाएको खबर कान्तिपुर दैनिकमा छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ३० बैशाख २०७७, ०७ : १७
लेखकबाट थप