काठमाडौं । बेलायतका विभिन्न स्थानमा प्राविधिक रूपमा दक्ष कामदारको तुलनामा निम्न कौशल कामहरूमा खट्ने श्रमिकमा कोरोना भाइरसको बढी जोखिम रहेको बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार बताएको छ । तथ्याङ्कमा श्वेत नागरिकको तुलनामा अश्वेत नागरिकको कोरोना भाइरसका कारण बढी मृत्यु भएको देखिएको छ ।
प्रधानमन्त्री बोरिस जोनसनले आइतबार निर्माण र उत्पादनका क्षेत्रका कामदार काममा फर्केर आउन सक्ने तर कार्यालयका कर्मचारीले घरबाटै काम गर्न आइतबार गरेको आग्रहपछि राष्ट्रिय तथ्याङ्क कार्यालयले उक्त तथ्याङ्कलाई महत्वसाथ सार्वजनिक गरेको हो ।
निर्माण र उत्पादनका क्षेत्रका कामदार काममा फर्किन सरकारले गरेको आह्वान भाइरसको फैलावट रोक्न सरकारले सात हप्ता लामोे राष्ट्रव्यापी बन्दाबन्दीपछि लिएको पहिलो कदम हो । सरकारले आवश्यकता र सङ्क्रमणको अवस्थालाई विचार गर्दै चरणबद्ध रूपमा अन्य कार्यक्रमहरू पेश गर्ने विश्वास गरिएको छ । प्रधानमन्त्री जोनसनले सोमबार संसदलाई सम्बोधन गर्दा थप क्षेत्रलाई काममा फर्कनेगरी सार्वजनिक आह्वान गर्ने अपेक्षा गरिएको छ ।
विपक्षी दल र युनियनहरूले काममा फर्केका जनताको सुरक्षाबारे चिन्ता व्यक्त गरेका र नयाँ सिफारिसहरूको बारेमा स्पष्टताको अभाव रहेको बताएका छन् ।
स्कटल्याण्ड र वेल्सका क्षेत्रीय सरकारहरूले प्रधानमन्त्रीको घोषणा विपरित उनीहरूले उच्च सङ्क्रमण जोखिमको कारण बन्दाबन्दीलाई कायम राख्ने कुरा जनाएका छन् ।
ओएनएसले अप्रिल २० सम्म इङ्ल्यान्ड र वेल्समा भएका झण्डै दुई हजार ५०० मृत्यको समिक्षा गरेको र यसमा सबैभन्दा कम कुशल व्यवसायमा काम गर्ने पुरुषहरूको मृत्यु दर सबैभन्दा बढी रहेको बताएको छ । मूल्याङ्कनले ट्याक्सी, बस र अन्य सार्वजनिक यातायातका चालकहरू, कुकहरू र खुद्रा सामान र व्यापारिक केन्द्रमा काम गर्ने व्यक्तिको तुलनामा अन्य पेशामा रहेका व्यक्तिहरूको मृत्यु सङ्ख्या रहेको देखाएको छ ।
सामाजिक सेवा वा व्यक्तिगत हेरचाहमा काम गरिरहेका पुरुष र महिलाहरू दुबैमा भाइरसको सङ्क्रमण र मृत्युको दर उल्लेख्य बढी रहेको तथ्याङ्कले देखाएको छ । अध्ययनमा स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सक वा नर्सहरूको मृत्यु दर निकै कम रहेको बताइएको छ । यद्यपि ओएनएसले कुनै पनि निश्चित निष्कर्ष निकाल्न अध्ययन एकदम सानो र साँघुरो रहेको भन्दै यो अध्ययनले सम्पूर्ण देशको स्थितिको मुल्याङ्कन गर्छ भन्ने निश्कर्ष गलत हुने बताएको छ ।
“यो विश्लेषण कोभिड–१९ को समावेशी मृत्यु दर हो भन्ने छैन । व्यावसायिक जोखिम वा विभिन्नताको कारण तथ्याङ्क फरक आउनसक्छ । हामीले उमेरका लागि समायोजन गरेका छौं तर जातीय समूह तथा निवास स्थानजस्ता अन्य कारकहरूको लागि अध्ययन गरेका छैनौँ ।”
बेलायत महामारीको कारण विश्वमा सबैभन्दा बढी प्रभावित देशहरू मध्ये एक हो । सोमबारसम्म सरकारले आधिकारिक रूपमा सङ्क्रमण पुष्टि भएकामध्ये झण्डै ३२ हजार व्यक्तिको मृत्यु भएको जनाएको छ । भाइरसबाट हुने मृत्युको वास्तविक सङ्ख्या ओएनएसको दुई साता अघिको साप्ताहिक अपडेटको तुलनामा निकै धेरै हो ।
धेरै अध्ययनले जातीयता जस्ता मापदण्डमा आधारित बेलायतमा कोभिड–१९ को प्रभावमा महत्वपूर्ण असमानता फेला पारेको बताएका छन् । गत हप्ता सार्वजनिक रिपोर्टमा ओएनएसले इङ्ल्याण्ड र वेल्सका श्वेत मानिसहरूभन्दा अश्वेत पुरुष र महिलाहरूको कोभिड–१९का चार गुणा बढी मृत्यु भएको बताइएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २९ बैशाख २०७७, २१ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायतका राजा चार्ल्ससमक्ष राजदूत घिमिरेद्धारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
विमानलाई पहाडको नजिकै लगेपछि पाइलट निलम्बित
बेलायती राजकुमारले गराए ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई शपथ
बेलायतमा रहेका कोइरालासँग तत्कालीन अनमिन प्रमुख मार्टीनको भेट
बेलायत जाँदै शेखर कोइराला
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए