एजेन्सी । लकडाउन खुकुलो बनाउने सम्बन्धी शर्तसहितको योजना बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सार्वजनिक गरेका छन् । लामो समय देखि कोरोना भाइरसको महामारीका कारण बेलायत लकडाउनमा भएसंगै खुलाउन केही खुकुलो पार्न थालिएको हो ।
इंग्ल्याण्डका बासिन्दाहरु आउँदो बुधबारदेखि घरबाहिर निस्कन पाउने भएका छन् । घरबाट काम गर्न नसक्ने वा नमिल्ने व्यक्तिहरु कार्यालय जान सक्ने तर सार्वजनिक यातायातको भने प्रयोग गर्न नपाइने प्रधानमन्त्री जोन्सनले बताएका छन् । पाँच चरणसहितको कोभिड अलर्ट सम्बन्धी नयाँ सिस्टम ल्याइएको र त्यसका आधारमा लकडाउनलाई कत्तिको खुकुलो पार्ने भन्ने तय हुने उनले उल्लेख गरेका छन् ।
अर्को चरण जुन १ देखि सुरु हुने अपेक्षा गरिएको र त्यसपछि प्राथमिक तहका इंग्ल्याण्डका विद्यार्थीहरु स्कूल जान पाउने छन् । राष्ट्रका नाममा गरेको सम्बोधनको क्रममा प्रधानमन्त्री जोन्सनले सो चरणमा पसलहरु पनि खुला हुन सक्ने बताए । तर त्यसका लागि वैज्ञानिकहरुको अनुमति भने चाहिने उनले उल्लेख गरेका छन् । त्यसपछिको चरण जुलाई १ मा सुरु हुनेछ, जसमा होटल तथा रेस्टुरेन्टहरु पनि खुला हुन पाउने छन् ।
लकडाउन अन्त्य नभएको स्पष्ट पार्दै प्रधानमन्त्री जोन्सनले बिस्तारै सहज हुने क्षेत्रहरु खुला गर्न थालिने बताएका छन् । अब घर बाहिर निस्कन पाइने, सार्वजनिक स्थानमा जान पाइने तथा सार्वजनिक स्थानमा सीमा बिना व्यायाम गर्न पाइने भए पनि सामाजिक दूरी भने कम्तिमा दुई मिटरको कायम गर्नु पर्ने र सम्भव भएसम्म घरमै बस्न आग्रह गरिएको छ ।
बेलायत कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो नम्बरमा छ । अहिलेसम्म बेलायतमा कोभिड–१९ बाट ३१ हजार ९ सय ३० जनाको ज्यान गएको छ । संक्रमितको संख्या २ लाख २० हजार भन्दा बढी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २९ बैशाख २०७७, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि
नेपालमा जन्मेका सारु बेलायतको ननिटन बेडवर्थ बरोुको मेयर निर्वाचित
बेलायतका राजा चार्ल्ससमक्ष राजदूत घिमिरेद्धारा ओहोदाको प्रमाणपत्र प्रस्तुत