प्रधानमन्त्री ओलीले नेकपाका सांसदलाई किन दिए पत्र ?

पत्रपत्रिकाबाट

आइतबार, २८ बैशाख २०७७, ०७ : ५३
प्रधानमन्त्री ओलीले नेकपाका सांसदलाई किन दिए पत्र ?

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु भएको संसद्को छैटौं अधिवेशन सफल पार्न आफ्ना सबै सांसदलाई पत्रमार्फत निर्देशन दिएका छन् । उनले नेकपाका सबै सांसदलाई पत्र लेख्दै संसद् बैठकमा सक्रिय, समझदारीपूर्ण र एकताबद्ध प्रयाससहित अघि बढ्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बस्न नसकेपछि लिखित पत्रमार्फत सांसदलाई यस्तो निर्देशन दिएका हुन् । नेकपा सांसदलाई दिइएको निर्देशनमा संसद् बैठकमा पार्टीको एकता र विषयगत एकरूपता स्पष्ट रूपमा देखिनुपर्ने भनिएको छ ।

 ‘संसद्का दुवै सदनका बैठक छोटो, छरितो र मर्यादित एवं विषय केन्द्रित हुनुपर्ने र संसद्मा हाम्रो दलको एकता र विषयगत एकरूपता स्पष्ट देखिनुपर्ने आवश्यकतालाई माननीयज्यूहरूले बुझनुभएको छ,’ प्रधानमन्त्री ओलीले लेखेको पत्रमा उल्लेख छ ।

कोरोना भाइरस ९कोभिड–१९० का कारण भिन्न र असहज परिस्थिति निर्माण भएकाले संसदीय दलको बैठक बस्न नसकेको उनले पत्रमा स्पष्ट पारेका छन् । विगतमा संसद्को अधिवेशन सुरु हुनुअघि संसदीय दलको बैठक बस्दै आएको थियो । 

‘समाजिक दूरी कायमलगायत स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य संगठन, हाम्रो स्वास्थ्य मन्त्रालय र चिकित्सकका मापदण्ड पालना गर्नुपर्ने भएको र तदनुसार सिट व्यवस्थापनलगायत आवश्यक व्यवस्था गर्ने गरी संसदीय दलको बैठक बस्न स्थान उपलब्ध हुन सक्ने अवस्था नरहेकाले संसदीय दलको बैठक बस्न सकिएन,’ पत्रमा लेखिएको छ ।  राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस