प्राईम कर्मसियल बैंकद्धारा राहत वितरण

सफल खबर संवाददाता

शनिबार, २७ बैशाख २०७७, १९ : २२
प्राईम कर्मसियल बैंकद्धारा राहत वितरण

चितवन । प्राईम कर्मसियल बैंकले चितवनको खैरहनी र राप्ती नगरपालिकाका ५ सय घर परिवारलाई राहत स्वरुप चामल र दाल वितरण गरेको छ । चितवन जिल्लाको खैरहनी नगरपालीका वडा नम्वर १० र ११ तथा राप्ती नगरपालीकाको वडा नम्वर ६,७ र ८ मा  कोभिड १९, रे कारण लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई राहत वितरण गरिएको हो । 

वडा कार्यालयहरुले अझै पनि राहत पाउनबाट वञ्चित रहेको जानकारी गराएपछि वैंकले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गरेको प्राईम कर्मसियल वैंक भरतपुर शाखा प्रमुख पदमराज पौडेलले जानकारी दिनुभयो । 

राहत वडामा हस्तान्तरण पश्चात खैरहनी वडा नम्वर १० र ११ को वडा कार्यालयले ज्याला मजदुरी गरेर विहान वेलुकाको छाक टार्नेहरुलाई तत्काल वितरण गरेका थिए । खैरहनीमा लकडाउन पछि दुई पटक राहत वितरण गरिसकेको छ । त्यस क्रममा छुटेकाहरुलाई वैंकले दिएको राहत वितरण गरिएको वडाध्यक्षहरुले वताउनुभयो । 

भरतपुर शाखा प्रमुख पौडेल ले चितवन जिल्लामा ६ वटा शाखा कार्यलय सहित देशभर २०० भन्दा बढी शाखा सन्जाल रहेको प्राईम कमर्सियल बैंकले केन्द्रिय तथा स्थानिय रुपमा कोभिड १९ अन्तर्गत पिडितवर्गलाई विभिन्न किसिमले राहत वितरण गर्दै आएको वताउनु भयो । पौडेलका अनुसार कोरोना भाईरसको संक्रमण पश्चात प्राईम वैंकले सरकारी कोभिड १९ राहत कोषमा एकमुष्ट १ करोड ७५ लाख रुपैयाँ सहयोग गरिसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस