फेक अडियो प्रकरणमा वरिष्ठ सई निलम्बन

सफल खबर संवाददाता

मंगलबार, ०८ बैशाख २०८३, १२ : ५९
फेक अडियो प्रकरणमा वरिष्ठ सई निलम्बन

काठमाडौँ । आफ्नै कार्यालय प्रमुख तथा प्रहरी संगठनको प्रतिष्ठामा आँच पुग्ने गरी नक्कली अडियो तयार पारी सार्वजनिक गरेको आरोपमा मधेस प्रदेश प्रहरी मातहतका एक वरिष्ठ प्रहरी अधिकृतलाई निलम्बन गरिएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयले जारी गरेको सूचना अनुसार जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) सागर शमशेर जबरालाई आचारसंहिता विपरीत कार्य गरेको आधारमा निलम्बन प्रक्रिया अघि बढाइएको हो।

प्रहरी विवरण अनुसार उक्त अधिकृतले एक व्यवसायीलाई फोनमार्फत काल्पनिक प्रसंग सिर्जना गरी अडियो सामग्री तयार पारेको र त्यसलाई सञ्चार माध्यममार्फत सार्वजनिक गराएको पाइएको छ। प्रारम्भिक छानबिनले संगठन तथा कार्यालय नेतृत्वलाई विवादित र बदनाम गराउने उद्देश्यले उक्त सामग्री निर्माण गरिएको संकेत गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस