तस्विरमा हेर्नुहोस्, भारतले नेपालको भूमी मिचेर बनाएको सडक

शनिबार, २७ बैशाख २०७७, १८ : ३२
तस्विरमा हेर्नुहोस्, भारतले नेपालको भूमी मिचेर बनाएको सडक

दार्चुला । भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले सडक निर्माण गरेको छ । 

शुक्रबार उद्घाटन गरिएको कुल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्छ । भारतले केही महिना लगाएर निर्माण गरिसक्दा पनि उक्त सडक निर्माणबारे नेपाल बेखबर रहेको बताइन्छ ।

नेपालले सो कार्यलाई पूर्वसमझदारी विपरित चालिएको कदम भनेको छ । यसबारे नेपाल सरकारले आफ्नो दूतावासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ । 
तस्वीर : नरेन्द्रसिह कार्की/रासस

प्रतिक्रिया दिनुहोस