शिक्षितले नै खान्नन् हात्तीपाइलेको औषधि

विहीबार, १० फागुन २०७४, ०८ : ०६
शिक्षितले नै खान्नन् हात्तीपाइलेको औषधि

दाङ । यहाँ बुझ्ने र शिक्षित वर्गले नै हात्तीपाइले विरुद्धको औषधि सेवन नगर्ने गरेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि हात्तीपाइले (फाइलोरिया ) रोग निवारण कार्यक्रमअन्तर्गत बर्षेनि नेपाल सरकारले हात्तीपाइलेविरुद्ध औषधि खुवाउने गरेको छ । तर नबुझ्ने र रोगको डरबाट बच्नको लागि गाउँघरका व्यक्तिले औषधि सेवन गरे पनि धेरैजसो बुभ्mने मानिसले भने यसलाई बेवास्ता गरेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

“बुभ्mने र पढेलेखेका मानिसहरु हात्तीपाइलेविरुद्ध औषधि खानुहुन्न, शहर–बजारमा झनै यसको सेवन गर्नेको संख्या निकै कम छ”, जिल्ला जनस्वास्थ्य अधिकृत प्रकाशकुमार योगीले भन्नुभयो । विशेषगरी लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हात्तीपाइलेबाट बच्न औषधि खानुपर्ने भए पनि विभिन्न कारण र मनोडरका कारण औषधि सेवन नगर्ने गरेको बताइएको छ । दाङमा १३ प्रतिशतमा हात्तीपाइलेको लक्षण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

निरीक्षक ओमप्रसाद न्यौपानेका अनुसार जो गरिब छ उसले रोग लागेमा औषधि गर्नुपर्छ भनेर औषधि खानेगरेका र अन्य जान्नेबुभ्mनेले औषधि नखाइदिने समस्या रहेको बताउनुभयो । त्यसैगरी, गत वर्ष दाङमा ५५ प्रतिशतले मात्र औषधि सेवन गरेको बताइएको छ । राज्यले यसको सचेतनाका लागि अर्बांै रकम खर्च गरे पनि सो खर्च बालुवामा पानी हाले झँै भएको छ । हात्तीपाइले औषधि सेवनपछि केही सामान्य असरका लक्षण देखिए पनि चिकित्सकले त्यसबाट नआत्तिन आग्रह गरेका छन् ।(रासस)

प्रतिक्रिया दिनुहोस