चितवनमा प्रशासनको अनुगमन तिब्र, ठुला उद्योगलाई कर्मचारीलाई भित्रै राखेर सञ्चालन गर्न  निर्देशन

प्रकाश सिग्देल

शुक्रबार, २६ बैशाख २०७७, १९ : ५३
चितवनमा प्रशासनको अनुगमन तिब्र, ठुला उद्योगलाई कर्मचारीलाई भित्रै राखेर सञ्चालन गर्न  निर्देशन

प्रकाश सिग्देल

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले बजार अनुगमन लाई तिब्रता दिएको छ । चितवनमा रोगको संक्रमण फैलन नदिन र अत्यावश्यक बस्तुको अभाव तथा कालोबजारी हुन नदिन प्रशासनले अब  नियमित रुपमा बजार अनुगमन गर्ने भएको छ । 

जिल्ला प्रशासन कार्यालय चितवनले ३ जना प्रशासकिय अधिकृत लाई खटाएर प्रहरी , पत्रकार सहितको अनुगमन टोलि बनाएर पुर्वी चितवन, पश्चिम चितवन र भरतपुर क्षेत्र गरि परिचालन गरिएको  चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनु भयो । 

जिल्ला प्रशासन कार्यालय चितवनले सन्चालन गर्न अनुमति दिएको बैक तथा बित्तिए संस्था उद्योग र आयोजनाहरुले कसरी काम गरेका छन् । उनिहरुले सुरक्षा मापदण्ड पुरा गरेका छन् की छैन्न भनेर हेर्नका लागी तिन वटा टिम बनाएर अनुगमन थालिएको जिल्ला प्रशासन कार्यालय चितवनका सुचना अधिकारी ईश्वर शिम्खडाले बताउनु भयो । 

 

 बन्दा बन्दीलाई थप कडाई गर्ने र चितवनलाई जोखिम रहित जिल्लाका रुपमा अगाढी बढाउन प्रशासनले यो खालको अभियान थालेको उहाको  भनाई छ । अति आवस्यक उद्योग महत्वपुर्ण आयोजना सन्चालन गर्न सरकारको निर्देशन भएको र  त्यही दिनेसन अनुरुप महत्पुर्ण उद्योग घन्दा खुल्ने तर उनिहरुले सुरक्षाका सबै बिधि अवलम्वन गरेर कारखाना चलाउनु पर्ने सिम्खडाले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय चितवनले अनुमति दिएका बाहेक अन्य सन्चालन भएको भेटिएमा कारबार्ही गर्ने र सन्चालन गर्न अनुमति पाएकाहरुले कसरी सन्चालन गरेका छन् कर्मचारीको ब्यवस्थापन कस्तो छ । त्यसको निरिक्षण गर्नका लागी आफुहरु खटिएको प्रशासन कार्यालयका प्रशासकिय अधिकृत खेमराज पौडेलले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस