कपिलवस्तु । मायादेवी गाउँपालिका वडा नं. २ अभिरावका २ जनामा कोरोना संक्रमण भेटिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा गाउँपालिकाको वडा नं. २ अभिरावका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको जनाइएको छ । उनीहरु एउटै घरका दुई भाइ हुन् ।
भारतको मुम्बईबाट आएका उनीहरु ३ दिनअघि सीमा क्षेत्रको चाकरचौडाबाट लुकीछिपी कपिलवस्तु प्रवेश गरेका थिए। संक्रमित रहेका दुई भाइलाई गाउँपालिकाको पकडीस्थित छत्रपाली तीर्था देवि मा.वि.को क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुसहित सो क्वारेन्टिनका ६५ जना सर्वसाधारणको स्वाब परीक्षणका लागि नमूना संकलन गरी काठमाडौं पठाइएको थियो। अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २६ बैशाख २०७७, ०६ : ५९
लेखकबाट थप