सप्तरी । हात्तीको आक्रमणबाट सप्तरीको शम्भुनाथ नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट शम्भुनाथ नगरपालिका–२ स्थित भलुवाही टोलकी ३८ वर्षीया महिला जानकी मगरको मृत्यु भएको स्थानीय राजु जयसवालले बताउनुभयो ।
जानकीको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको छ । जायसवालका अनुसार तीनवटा हात्तीको समूहले लक्ष्मण मण्डल र बलराम इशरको घर भत्काएको छ ।
दुई दिनअघि हात्तीको समूहले अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलका वीरेन्द्र राम, श्यामकुमार राम, लक्ष्मीदेवी राम र नारायण रामको घर तोडफोड गरेर खाद्यान्न खाई क्षति पु¥याएको थियो ।


प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
वृद्धको हात्तीको आक्रमणबाट मृत्यु
हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
झापा र मोरङमा मानव–हात्ती द्वन्द्वको जोखिम बढ्यो
झापा आउँदै गरेका १५ वटा हात्तीको बथान मोरङतिरै फर्किए
हात्ती धपाउन झापामा विशेष गस्ती