कोरोना संक्रमण तेस्रो चरणमा तर ट्रेसिङ पहिलो चरणमै

पत्रपत्रिकाबाट

विहीबार, २५ बैशाख २०७७, ०७ : ३०
कोरोना संक्रमण तेस्रो चरणमा तर ट्रेसिङ पहिलो चरणमै

नेपालगन्ज । समुदायमा फैलिएर कोभिड–१९ को संक्रमण तेस्रो चरणमा पुगेको नेपालगन्जमा स्वास्थ्य मन्त्रालयदेखि विश्व स्वास्थ्य संगठनका अधिकारीसम्म परिचालित भए पनि कन्ट्याक्ट ट्रेसिङ बुधबारसम्म पहिलो चरणमै सीमित छ ।

स्वास्थ्यकर्मी तालिमप्राप्त नरहेको र एउटा व्यक्तिसित कम्तीमा आधा घण्टा कुराकानी गरेर फारम भर्नुपर्ने भएकाले संक्रमितले सम्पर्क गरेका व्यक्ति खुट्याउन ढिलाइ भइरहेको हो ।

नेपालगन्ज उपमहानगरपालिका–८, जोलहनपुर्वाका २२ जनाको कन्ट्याक्ट ट्रेसिङ संक्रमितले पहिलो चरणमा भेटेका व्यक्तिमा सीमित छ । दोस्रो र तेस्रो चरणमा भेटेका व्यक्तिको ट्रेसिङ हुन नसक्दा संक्रमण झनै फैलिने चिन्ता बढेको छ ।

प्रतिक्रिया दिनुहोस