कोरोना नियन्त्रणमा चुक्दै सरकार

पत्रपत्रिकाबाट

विहीबार, २५ बैशाख २०७७, ०७ : ०९
कोरोना नियन्त्रणमा चुक्दै सरकार

काठमाडौँ । डेढ महिनादेखिको लकडाउन थप १० दिन लम्ब्याए पनि कोरोना नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परीक्षण बढाउन तथा परीक्षण किटलगायत स्वास्थ्य सामग्री जुटाउनमा सरकार चुकेको छ । संक्रमण विस्तार हुन नदिन लकडाउन महत्त्वपूर्ण उपाय भए यसैले मात्र कोभिड–१९ का अन्य जोखिम र त्यसबाट उत्पन्न हुने समस्या हल नहुने भन्दै जनस्वास्थ्यकर्मीहरूले सरकारको सुस्त शैलीप्रति रोष प्रकट गरेका छन् । यस्तै स्थिति रहिरहने हो भने समस्या भयावह हुन सक्ने उनीहरूको चेतावनी छ ।

जनस्वास्थ्यकर्मी डा. रीता थापाले करिब डेढ महिनाको अवधिमा सरकारले लकडाउनबाहेक केही उल्लेखनीय काम नगरेको टिप्पणी गरिन् । ‘संक्रमणको जोखिममा रहेका र उनीहरूको सम्पर्कमा रहेकाहरूलाई पहिचान गरेर सम्बोधन गरेको भए यतिबेला हामीले धेरै सुरक्षित महसुस गर्ने अवस्था हुन्थ्यो,’ उनले भनिन्, ‘आफंैसँग भएको अनुभवी र पुरानो सम्पत्ति पहिचान गर्न नसक्दा हामीले फेरि पनि उस्तै त्रास बेहोर्नुपर्लाजस्तो छ ।’

प्रतिक्रिया दिनुहोस