कोरोनाको असरः ४४२ कैदीबन्दी छुटे

पत्रपत्रिकाबाट

बुधबार, २४ बैशाख २०७७, ०७ : ०९
कोरोनाको असरः ४४२ कैदीबन्दी छुटे

काठमाडौं । कारोना संक्रमणको त्रासपछिछ देशभरका कारागारमा विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ४४२ जना कैदीबन्दीले कैद छुट पाएको खबर राजधानी दैनिकमा छापिएको छ । 

सर्वोच्च अदालतको आदेशपछि सरकारले कारागारभित्र रहँदा चालचलन असल देखिएका, १९ वटा निषेधित मुद्दाबाहेकमा कैद सजाय तोकिएर ५० प्रतिशत कैद भुक्तान गरिसकेका र वृद्ध तथा बालबालिकालाई कैद छुट गरेको हो । 

तर, राज्यविरुद्धको अपराध, युद्ध अपराध, कैदबाट भागेका तथा भगाइएको मुद्दामा कैद काटिरहेकाको कैद छुट हुनेछैन ।

प्रतिक्रिया दिनुहोस