काठमाडौं । सरकारले कोरोनाभाइरसको रोकथामका लागि झण्डै डेढ महिनादेखि जारी राखेको लकडाउन पुन थप गर्ने भएको छ । कोरोना जोखिम अहिले पनि उच्च रहेको भन्दै सरकारले एक साताभन्दा बढी लकडाउन लम्ब्याउने तयारी गरेको हो ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन अवधि थप्नुपर्ने निष्कर्ष निकालेको छ । समितिले लकडाउन सम्ब्याउन सिफारिस गरेसँगै लकडाउन पुन बढ्ने भएको खबर राजधानी दैनिकमा छापिएको छ।
समितिको बैठकले तत्काल नै लकडाउन खोल्न नसकिने सुझाव सरकारलाई दिएको छ । बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन थपबारे निर्णय गर्नेछ । मन्त्रिपरिषद् बैठक बुधबार ११ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २४ बैशाख २०७७, ०६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय
वैशाख महिनामा बसेको मन्त्रिपरिषद् बैठकका १०६ निर्णय सार्वजनिक