काठमाडौं । सरकारले कोरोनाभाइरसको रोकथामका लागि झण्डै डेढ महिनादेखि जारी राखेको लकडाउन पुन थप गर्ने भएको छ । कोरोना जोखिम अहिले पनि उच्च रहेको भन्दै सरकारले एक साताभन्दा बढी लकडाउन लम्ब्याउने तयारी गरेको हो ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन अवधि थप्नुपर्ने निष्कर्ष निकालेको छ । समितिले लकडाउन सम्ब्याउन सिफारिस गरेसँगै लकडाउन पुन बढ्ने भएको खबर राजधानी दैनिकमा छापिएको छ।
समितिको बैठकले तत्काल नै लकडाउन खोल्न नसकिने सुझाव सरकारलाई दिएको छ । बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन थपबारे निर्णय गर्नेछ । मन्त्रिपरिषद् बैठक बुधबार ११ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २४ बैशाख २०७७, ०६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)
मन्त्रिपरिषद् बैठक केहीबेरमा सुरु हुँदै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)
मन्त्रिपरिषद् बैठक जारी
मन्त्रिपरिषद् बैठक बस्दै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय